विश्व बजारमा सन् २०१९ मा स्मार्टफोन बिक्री दर ३.२ प्रतिशतले कमी हुने: गार्टनर अध्ययन रिपोर्ट

Technology Khabar १० आश्विन २०७६, शुक्रबार

विश्व बजारमा सन् २०१९ मा स्मार्टफोन बिक्री दर ३.२ प्रतिशतले कमी हुने: गार्टनर अध्ययन रिपोर्ट
Global IME Bank

काठमाडौं ।

काठमाडौं । सन् २०१९मा प्रिमियम स्मार्टफोनहरुको आगमन निरन्तर जारी रह्यो भने नयाँ स्मार्टफोनहरु विभिन्न नयाँ फीचरका साथमा आउने क्रम जारी रह्यो ।

तर सन् २०१९ को अवधिमा स्मार्टफोनको बिक्रीमा भने कमी देखिएको छ । हालै गार्टनरले प्रक्षेपण गरेको रिपोर्टअनुसार स्मार्टफोनको घट्दोक्रम अहिलेसम्मकै सबैभन्दा उच्चदेखिएको छ । बजार अनुसन्धान संस्थाकाअनुसार यो वर्ष ३.२ प्रतिशतले स्मार्टफोनको बिक्री घट्नेछ ।

‘यसो हुनुमा नयाँ प्रविधिप्रतिको सिमित आकर्षणका कारण उपभोक्ताहरुले आफ्नो फोनहरु लामो अवधिसम्म राख्नु हो,’ गार्टनरका सिनियर रिसर्च डाइरेक्टर रंजित अटवालले भने ।

सो अनुसन्धान रिपोर्टअनुसार सन् २०२० मा ५जी क्षमतायुक्त स्मार्टफोनहरुको बिक्री १० प्रतिशतले बढ्नेछ भने सन् २०२३ सम्ममा यो ५६ प्रतिशतसम्म हुने प्रक्षेपण गरिएको छ ।

‘मोबाइल फोन बजारका मुख्य खेलाडीहरुले ५जी कनेक्टिभिटी टेक्नोलोजीको व्यापक प्रयोग र वर्तमान फोरजी फोनहरुको पुनस्र्थापनको लागि हेरिरहेका छन्,’ सिनियर रिसर्च डाइरेक्टर अटवालले भने ।

अहिले स्मार्टफोनको बिक्री खस्किँदो अवस्थामा भएपनि सन् २०२० मा भने यसमा सुधार हुँदै स्मार्टफोन बिक्रीदर २.९ प्रतिशतले बढ्ने अनुमान छ ।

संस्थाकाअनुसार स्मार्टफोन बिक्री पुन बढ्नेछ र यसको लागि ५जी परफरमेन्सका फीचरहरुलाई प्रबद्र्धन गर्न शुरु गर्ने कारक हुनेछ । ५जी टेक्नोलोजीका कारण नै स्मार्टफोन बजारमा पुन वृद्धि देखिने अपेक्षा गरिएको हो ।

यसअघि आएको गार्टनरको प्रक्षेपण तथ्यांकअनुसार सन् २०१९ मा नै अन्य डिभाइसहरु पर्सनल कम्प्यूटर, ट्याबलेट र मोबाइल फोनहरुको समग्र बिक्रीदरमा ३.७ प्रतिशतको कमी देखिने छ ।

Sajilo Visa

प्रकाशित: १० आश्विन २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार