नर्वेले ह्वावेलाई ५जी नेटवर्क बनाउन प्रतिबन्ध नलगाउने, कम्पनीहरुले नै आपूर्तिकर्ता छनौट गर्नसक्ने

Technology Khabar १० आश्विन २०७६, शुक्रबार

नर्वेले ह्वावेलाई ५जी नेटवर्क बनाउन प्रतिबन्ध नलगाउने, कम्पनीहरुले नै आपूर्तिकर्ता छनौट गर्नसक्ने

काठमाडौं ।

काठमाडौं । यूरोपेली मुलुक नर्वेले चीनको ह्वावे टेक्नोलोजीलाई देशको ५जी टेलिकम नेटवर्क बनाउन रोक्ने कुनै योजना नभएको बताएको छ ।

नर्वेका क्याबिनेट मन्त्री निकोलाई आस्ट्रपले ह्वावेलाई टेलिकम नेटवर्क बनाउन रोक्ने योजना नभएको बताएका हुन् ।

विश्वको सबैभन्दा ठूलो टेलिकम उपकरण निर्माता कम्पनी ह्वावे गएको मे महिनादेखि अमेरिकी व्यापारको कालो सूचीमा रहेको छ । अमेरिकाले ह्वावेलाई आफ्ना उपकरणहरुमार्फत बेईजिङ्गको लागि जासुसी गर्ने गरेको आरोप लगाउँदै आएको छ भने ह्वावेले सो आरोप अस्विकार गर्दै आएको छ ।

यसका साथै अमेरिकाले आफ्ना मित्रराष्ट्रहरुसँग ह्वावेलाई ५जी नेटवर्क बनाउन नदिन अनुरोध गर्दै आएको छ । तर नर्वेले भने अमेरिकी अलायन्सभन्दा फरक विचार राखेको छ ।

‘हामीले कम्पनीहरुसँग सेक्यूरिटी बारे राम्रो छलफल गरेका छौं, र त्यसपछि कम्पनीहरुले आफैंले नै सप्लायरहरु छनौट गर्न सक्नेछन्, हामीले अहिलेसम्म नर्वेमा कुनैपनि सप्लायरको विरुद्धमा प्रतिबन्ध लगाएका छैनौं,’ क्याबिनेट मन्त्री निकोलाई आस्ट्रपले रोयटर्ससँग भने । आस्ट्रप नर्वे सरकारका डिजिटल रणनिती प्रबद्र्धन गर्ने मन्त्री हुन् ।

नर्वेको सरकार नियन्त्रित टेलिकम अपरेटर टेलनोर सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक हो, जसले २०२० मा व्यवसायीकरुपमा संचालन हुने ५जी टेक्नोलोजीको लागि यहिवर्ष सप्लायर आपूर्ति गर्ने योजना लिएको छ ।

सो कम्पनीसँग यूरोप र एशियाका विभिन्न ८ देशहरुमा १८ करोड २० लाख सब्सक्राईबरहरु छन् । कम्पनीले पहिलो प्रमुख सम्झौता ह्वावेसँग २००९ मा गरेको थियो ।

easy care

प्रकाशित: १० आश्विन २०७६, शुक्रबार