भारतीय कम्पनी अल्टबालाजीले भिडियो स्ट्रिमिङ्ग सर्भिस अफलाइन ग्राहकलाई पनि उपलब्ध गराउने

Technology Khabar ९ आश्विन २०७६, बिहीबार

भारतीय कम्पनी अल्टबालाजीले भिडियो स्ट्रिमिङ्ग सर्भिस अफलाइन ग्राहकलाई पनि उपलब्ध गराउने

काठमाडौं ।

काठमाडौं । भारतीय भिडियो स्ट्रिमिङ्ग सर्भिस कम्पनी अल्टबालाजीले आफ्नो सब्सक्राईबर सर्भिसलाई बिस्तार गर्न माइक्रोसफ्ट र फिनटेक फर्म एकोसँग सहकार्य गरेको छ । यो सहकार्यमार्फत अल्टबालाजीले सेवालाई भारतभर फैलाउने योजना लिएको छ ।

अल्टबालाजीसँग हाल २ करोड ७० लाख शुल्क तिर्ने सब्सक्राईबरहरु रहेका छन जुन भारतको स्थानिय प्रतिस्पर्धी कम्पनीहरुभन्दा निकै धेरै हो ।

कम्पनीले माइक्रोसफ्टको ब्लेण्डनेट टेक्नोलोजी प्रयोग गरेर यूजर्सलाई डाउनलोडमा सहयोग गर्नेछ भने मोबाइल डाटाको न्यून खपतमा नै अधिक विषयहरुका भिडियोहरुमा पहुँच पुर्याउन सक्ने बनाउनेछ ।

माइक्रोसफ्टले ब्लेण्डनेट टेक्नोलोजी अल्टबालाजीलाई उपलब्ध गराउनेछ जसले क्लाउण्डसहितको मेटाडाटा सिस्टम संयुक्तरुपमा भिडियो देखाउन सहयोग गर्नेछ ।

भिडियो फाइल प्रयोगकर्ताको मोबाइलमा पियर टू पियर लोकल वाईफाई प्रयोग गरेर ट्रान्सफर गरिन्छ, त्यसबेला क्लाउण्ड प्लेन सिर्जना गर्नको लागि डाटा नेटवर्क आवश्यक पर्नेछ, र डाटा ट्रान्सफर लोकल वाईफाईबाट हुनेछ, माइक्रोसफ्टले भनेको छ ।

यो प्रकृयाले अधिक भन्दा अधिक डाउनलोडको लागि मोबाइल डाटा कनेक्सन नभएपनि हुनेछ । किनकी भारतमा मोबाइल डाटा शुल्क अझै महंगो रहेको छ । अल्टबालाजीका सब्सक्राईबरहरुले आफूले चाहेको फाइलहरु नजिकैको एको रिटेल स्टोरहरुमा गएर डाउनलोड गर्न सक्नेछ । यदि अप्सनहरु उपलब्ध छैनन भने डाउनलोडिङ्ग रोकिनेछ ।

‘नयाँ फीचरले भिडियो स्ट्रिमिङ्ग सर्भिसले थप नयाँ यूजर्सलाई आकर्षित गर्नेछ,जोसँग सस्तो र परपर्दो डाटा उपलब्ध छैन्,’ अल्टबालाजीका सिईओ नासिकेत पन्तबैद्यले भने ।

अल्टबालाजीले भारतमा भारु १०० मा तीन महिनाको बण्डलिंगसहितको भिडियो स्ट्रिमिङ्ग सभिृस उपलब्ध गराउँदै आएको छ । एजेन्सी

‘माइक्रोसफको ब्लेण्डनेट एडभान्स टेक्नोलोजीहरुको ठूलो उदाहरण हो जून सूचना र कन्टेन्टहरु सबैसम्म पहुँच पुर्याउन प्रयोग भईरहेको छ,’ माइक्रोसफ्ट इण्डियाका सिओओ मिटुल पटेलले भने ।

easy care

प्रकाशित: ९ आश्विन २०७६, बिहीबार

ताजा समाचार