साना कम्पनीहरुको ‘डाटा ब्रिच’ हुनेक्रम ३६ प्रतिशत पुग्यो, सुरक्षा मापदण्ड अपर्याप्त भएको ठहर

Technology Khabar ९ आश्विन २०७६, बिहीबार

साना कम्पनीहरुको ‘डाटा ब्रिच’ हुनेक्रम ३६ प्रतिशत पुग्यो, सुरक्षा मापदण्ड अपर्याप्त भएको ठहर

काठमाडौं ।

काठमाडौं । विश्वभर साना व्यवसायहरुमध्ये ३६ प्रतिशत व्यवसायहरु डाटा ब्रिचको घटनाबाट पिडिट भएका छन् । हालै सार्वजनिक भएको एक सर्वेक्षण रिपोर्टअनुसार विश्वभर सन् २०१९ मा साना तथा मझौला व्यवसाय तथा कम्पनीहरुले डाटा ब्रिचको घट्नाले निकै समस्याग्रस्त भएका थिए ।

कास्परस्कीले सार्वजनिक गरेको सो सर्वेअनुसार त्यस्ता कम्पनीहरुले राखेका ‘सेक्यूरिटी मेजरमेन्टहरु’ अपर्याप्त भएको देखिएको छ ।

‘साना कम्पनीहरु प्रायजसो कसरी आफ्नो व्यवसायको कार्य गर्ने र बिस्तार गर्ने भन्नेमा नै केन्द्रित हुने गर्दछन, उनीहरुको अन्य महत्वपूर्ण र प्रमुख प्राथमिकताको बिचमा उनीहरुसँग साइबरसेक्यूरिटी नहुनसक्दछ । जेभएतापनि यो समस्याको लागत भनेको केबल बढ्नुनै हो । मालवेयरले पिडितहरुलाई भिन्नता देखाउँदैन जबकी निकै साना कम्पनीहरुले आफ्नो संवेदनशिल डाटाहरु गुमाईरहेका हुन्छन्,’ कम्पनीका सोलुसन बिजनेस लीड, एन्ड्रे डान्केभिचले भने ।

साना कम्पनीहरुले डाटा ब्रिचको घट्नाबाट समस्याग्रस्त हुने संख्या प्रतिवर्ष बढ्दोक्रममा रहेको देखिएको छ । यसमध्ये एमएमबिएसहरुको संख्या सबैभन्दा धेरै ४६ प्रतिशत रहेको छ । इन्टरप्राइजेजको डाटा ब्रिच ५३ प्रतिशत रहेको छ भने निकै साना कम्पनीहरुको संख्यामा गत वर्ष २०१८ को तुलनामा ६ प्रतिशतले वृद्धि भएको छ । यो वर्ष त्यस्तो डाटा ब्रिचको घट्ना ३६ प्रतिशत पुगेको छ ।

साना कम्पनीहरुले मालवेयर तथा मानविय जोखिमबाट बच्नका लागि ठूलो लगानी भन्दा पनि उपयुक्त सेक्यूरिटी प्रडक्ट छनौट गर्नुपर्ने बताईएको छ।

सेक्यूरिटी फर्मकाअनुसार यस्ता घटनाहरुलाई निर्मुल गर्नका लागि साना कम्पनीहरुले डाटाबिच्रका लागि थप तयारी गर्नुआवश्यक रहेको छ । एजेन्सी

easy care

प्रकाशित: ९ आश्विन २०७६, बिहीबार