माइक्रोसफ्टद्धारा आकस्मिक सेक्यूरिटी प्याच तत्काल इन्स्टल गर्न विण्डोज प्रयोगकर्तालाई उर्दी

Technology Khabar ८ आश्विन २०७६, बुधबार

माइक्रोसफ्टद्धारा आकस्मिक सेक्यूरिटी प्याच तत्काल इन्स्टल गर्न विण्डोज प्रयोगकर्तालाई उर्दी
NTC_Advt

काठमाडौं ।

काठमाडौं । माइक्रोसफ्टले आफ्ना विण्डोज यूजर्सलाई सेक्यूरिटी प्याच भन्दा बाहिर इमर्जेन्सी प्याच इन्स्टल गर्न भनेको छ ।

सफ्टवेयर निर्माता कमपनीले हालै एडभाइजरी जारी गर्दै इन्टनरेट एक्सप्लोलरको केहि भर्सनमा सेक्यूरिटी फ्लो भएको हुँदा आक्रमणकारीले आक्रमण गर्न सक्ने र मालिसियल कोड पठाएर डिभाइसलाई प्रभावित पार्नसक्ने बताएको छ।

यसबाट यूजर्सले संकास्पद तथा जोखिमयुक्त वेबसाइटहरु भिजिट गराउने अथवा ईमेलमा भएका अनावश्यक लिंकहरुमा क्लिक गराउन सक्ने संभावना रहन्छ ।

आक्रमणकारी जसले यो जोखिमयुक्त कार्यलाई प्रभावित पार्न सकेको छ त्यसले प्रभावित यूजर्सको सिस्टमलाई नै नियन्त्रण गर्न सक्दछ, माइक्रोसफ्टले भनेको छ ।

यो जोखिम अहिलेको अवस्थामा सक्रियरुपमा रहेको छ तर यसको बिस्तृत जानकारी भने गराईएको छैन् ।

हालैको तथ्यांकअनुसार सम्पूर्ण ब्राउजर यूजर्समध्ये करिब ७ प्रतिशतभन्दा केहि बढिले मात्र इन्टरनेट एक्स्प्लोरर भर्सन ९, १० र ११ प्रयोग गरिरहेका छन् । यसमध्ये हाल संचालनमा रहेको सबै विण्डोज अपरेटिंग सिस्टमहरु प्रभावित भएका छन्, जसमा विण्डोज ७, विण्डोज ८.१ र विण्डोज १०का साथसाथै विण्डोज सर्भरका सबै भर्सनहरु रहेका छन् ।

अधिकांश प्रयोगकर्ताहरुले विण्डोज अपडेटहरुका साथमा नै सेक्यूरिटी प्याचहरु इन्स्टल गर्न सक्नेछन् ।

माइक्रोसफ्टले आफैंले बनाएको मालवेयर स्क्यानर विण्डोज डिफेन्डरमा आएको ईस्यूलाई पनि समाधान गरेको छ ।

माइक्रोसफ्टले आकस्मिकरुपमा सेक्यूरिटी प्याज रिलिज गरेको घट्नाहरु बिरलै रहेका छन् । तर कम्पनीले यस्तो अवस्थामा मासिकरुपमा सेक्यूरिटी प्याचहरु अपडेटमार्फत दिईरहेको हुन्छ ।

स्रोत

प्रकाशित: ८ आश्विन २०७६, बुधबार