ई-कमर्श कम्पनी अलिबाबाले सन् २०२४ सम्ममा १ अर्ब चिनियाँ ग्राहक बनाउने लक्ष्य

Technology Khabar ८ आश्विन २०७६, बुधबार

ई-कमर्श कम्पनी अलिबाबाले सन् २०२४ सम्ममा १ अर्ब चिनियाँ ग्राहक बनाउने लक्ष्य

काठमाडौं ।

काठमाडौं । चिनियाँ ईकमर्श कम्पनी अलिबाबाले चीनमा व्यवसाय बिस्तारका लागि थप नयाँ लक्ष्य लिएको बताएको छ । कम्पनीले सन् २०२४ सम्ममा वान बिलियन अर्थात १ अर्ब मानिसहरुलाई सक्रिय सेवा दिने लक्ष्य लिएको छ । यसका साथै कम्पनीले १० ट्रिलियन अर्थात १० खर्ब चीनियाँ युआन भन्दा बढि वार्षिक औसत कारोबार गर्ने लक्ष्य सार्वजनिक गरेको हो ।

चीनमा कन्जुमर बिजनेसले आधारभूतरुपमा चाइना रिटेल मार्केटप्लेसेज, डिजिटल मिडिया र इन्टरनेटमेन्ट सर्भिसेसका साथसाथै स्थानिय उपभोक्ता सेवाहरुलाई समेटछ ।

हाल चीनमा मात्रै चाइना कन्जुमर बिजनेसबाट कम्पनीसँग ७३ करोड वार्षिक सक्रिय ग्राहकहरु रहेका छन भने यसको क्रसबोर्डर र ग्लोबल रिटेल कमर्श बिजेनसमार्फत अर्को १३ करोड ग्राहकहरु जोडेको छ ।

यसैबिचमा कम्पनीको अलिपेसँग मात्रै चीनमा सक्रिय यूजर्सको संख्या ९० करोडको हाराहारीमा रहेको छ । संयुक्तरुपमा हेर्ने हो भने अलिबाबा ग्रुप र एन्ट फाइनान्सियलको जोडेर कम्पनीसँग ९६ करोड यूजर्स रहेका छन् ।

चीनमा बसोबास गर्ने ८५ प्रतिशत भन्दा बढि चिनियाँहरु विकसित क्षेत्रहरुमा बस्ने गर्दछन जसलाई अलिबाबाको चाइना रिटेल मार्केटप्लेसेजले जोडिसकेको छ । तर कम विकसित क्षेत्रहरुमा भने पेनेटे«सन रेट केबल ४० प्रतिशत मात्र रहेको छ । सेवा नपुगेका उपभोक्ताहरुसम्म पुग्ने र उनीहरुको जिवनस्तरमा सुधार गर्ने अनेकौं अवसरहरु रहेका छन्, अलिबाबाले भनेको छ ।

दिर्घकालमा अलिबाबाले २ बिलियन ग्राहकहरुलाई सेवा दिने लक्ष्य लिएको छ, जसको लागि १० मिलियन नाफामुलक लघु उद्यमहरुलाई सहयोग गर्नेछ भने २०३६ सम्ममा १०० मिलियन रोजगारी सिर्जना गर्ने अपेक्षा गरेको छ।

easy care

प्रकाशित: ८ आश्विन २०७६, बुधबार