Technology Khabar ८ आश्विन २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसंगले हालै नयाँ पेटेन्टको अनुमति पाएको छ जसमा स्मार्टफोनको दुबैतर्फ स्क्रीन रहेको छ ।
सो पेटेन्टअनुसार स्मार्टफोनको अगाडिको भागमा क्लिन डिस्प्ले रहेको छ भने निकै पातलो फ्रेम हुनेछ । सो फोनको पछाडिको भागमा भने सेकेण्डरी डिस्प्ले हुनेछ जसमा ४ः३ रेसियो पोजिसनका साथ रहनेछ ।
सो फोनको सेकेण्डरी डिस्प्ले रियर क्यामरा मोडुलको ठिक मुनिको भागमा हुनेछ ।
सोहि पेटेन्टको आधारमा केहि रेण्डर पिक्चरहरु पनि सार्वजनिक भएका छन् । जसमा दुई छुट्टा छुट्टै डिजाइनहरु देखिन्छ । एउटामा फ्रन्ट क्यामरा इन डिस्प्ले रहेको देखिन्छ भने अर्को रेण्डर पिक्चरमा फ्रन्ट क्यामरा डिस्प्लेको माथिल्लो भागमा देखिन्छ ।
हाल पेटेन्ट मात्र लिएको हो भने यसमा धेरै किसिमका अनुसन्धान र विकास हुन बाँकी नै छ तर आगामी दिनहरुमा आउने स्मार्टफोनहरुको डिजाइन कस्तो हुनेछ भनेर अनुमान गर्न भने सकिनेछ ।
सामसंगले नयाँ किसिमको प्रयोग र परीक्षणमा आफूलाई अग्रस्थानमा राखिरहेको बेला कम्पनीले कुनै नयाँ डिजाइनको स्मार्टफोनको तयारी गरेको अनुमान गर्न सकिन्छ । यस्ता नयाँ प्रयोग कम्पनीले ग्यालेक्सी ए सिरिजमा प्रयोग गर्ने गर्दछ, तर हाल सामसंग आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी ११ को तयारीमा जुटेको छ । एजेन्सी
प्रकाशित: ८ आश्विन २०७६, बुधबार