Technology Khabar ८ आश्विन २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । टेलिकम उपकरण निर्माता कम्पनी नोकियाले आफ्नो ग्लोबल हेडक्वाटरमा आफ्नो ५जी ल्याब संचालनमा ल्याएकोछ ।
फिनल्याण्डमा अवस्थित सो ल्याबमा ग्राहकहरुले कम्पनीको ५जी उपकरण, सफ्टवेयर र सेवाहरुको बारेमा अनुभव लिनसक्नेछन् ।
५जी फ्यूचर एक्स ल्याब नामक सो ५जी ल्याब नोकियाको आन्तरिक अनुसन्धान, प्रोटोटाइप विकास र परीक्षणको लागि आविश्वकारीक प्लेटफर्मको रुपमा प्रयोग हुनेछ,यसका साथै फराकिलो दायरामा अनुसन्धान गर्न समेत सहज बनाउनेछ ।
‘फ्यूचर एक्स ल्याबले ५जीको इण्ड टू इण्ड नेटवर्क बनाईएकोछ जसले ग्राहकहरुलाई नेटवर्कको कायक्षमता, लेटेन्सी, सेक्यूरिटीलगायतका विषयमा नयाँ जानकारीहरु दिनेछ,’ नोकिया बेल ल्याब्स प्रेसिडेन्ट तथा नोकिया सिटिओ मार्कस वेल्डनले भने ।
हाल संचालनमा ल्याईएको यो नोकियाको दोस्रो ५जी फ्यूचर एक्स ल्याब हो । गत वर्ष नै नोकियाले बेल ल्याब्स हेडक्वाटर रहेको अमेरिकाको न्यूजर्सीमा आफ्नो पहिलो ल्याब स्थापना गरेको थियो ।
नोकियाले नौ वटा लाइभ ५जी नेटवर्कहरु संचालनमा ल्याईसकेको र ४५ वटा कमर्शियल ५जी सम्झौता जुलाईसम्ममा पाएको जनाएको छ ।
प्रकाशित: ८ आश्विन २०७६, बुधबार