शाओमीको दोस्रो फाइभजी स्मार्टफोन एमआई नाइन प्रो सार्वजनिक, सबैभन्दा सस्तो ५जी स्मार्टफोन

Technology Khabar ८ आश्विन २०७६, बुधबार

शाओमीको दोस्रो फाइभजी स्मार्टफोन एमआई नाइन प्रो सार्वजनिक, सबैभन्दा सस्तो ५जी स्मार्टफोन

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी शाओमीले आफ्नो दोस्रो फाइभजी स्मार्टफोन एमआई नाइन प्रो ५जी सार्वजनिक गरेको छ।

यो स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ८५५ प्लस चीपसेट प्रयोग गरिएको छ भने फाइभजी नेटवर्क सपोर्टको लागि स्न्यापड्रागनको एक्स५० फाइभजी मोडेम प्रयोग गरिएको छ ।

यो स्मार्टफोनलाई कम्पनीले अहिले सम्मकै सबैभन्दा सस्तो ५जी स्मार्टफोनको रुपमा ल्याएको हो ।

फोनमा ६.३९ इन्चको ओएलईडी डिस्प्ले राखिएको छ भने यसमा ८ जीबी र १२ जीबी र्याम भेरिएन्ट रहेको छ ।

फोनमा पावरको लागि ४,००० एमएएचको ब्याट्री प्याक छ भने वायरलेस चार्जिंग टेक्नोलोजी पनि राखिएको छ । कम्पनीले यसको ब्याट्री ६९ सेकेण्डमा नै पूरै चार्ज हुने दाबी गरेको छ । यदि ४० वाटको चार्जर प्रयोग गरिएमा यो फोन केबल ४८ मिनेटमा नै फूल चार्ज हुनेछ । यो फोनमा रिभर्स चार्जिंगको पनि फीचर राखिएको छ ।

एमआई ९ प्रो फाइभजी स्मार्टफोनमा ४८ मेगापिक्सेलको मूख्य सेन्सरका साथमा १२ मेगापिक्सेल प्लस १६ मेगापिक्सेलको ट्रिपल रियर क्यामरा रहेको छ । यसमा २० मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ ।

एन्ड्रोयडमा आधारित एमआईयूआई ११ मा संचालन हुने यो स्मार्टफोनमा एनएफसी, फोरजी भीओएलटिई, वाईफाई, ब्लूटूथ ५.० भर्सन, ड्यूल ब्याण्ड जीपीएस, यूएसबी टाइपसी लगायतका फीचरहरु छन् ।

कम्पनीले यसलाई विभिन्न र्याम र स्टोरेज अप्सनमा सार्वजनिक गरेको छ जसको शुरुवाती मुल्य ३,६९९ यूआनदेखि अधिकतम ४,२९९ यूआनसम्म तोकिएको छ ।

हाल चीनमा मात्र उपलब्ध रहेको यो स्मार्टफोन आधिकारीकरुपमा बजारमा सेप्टेम्बर २७ तारिखदेखि मात्र उपलब्ध हुनेछ ।

Global Bank
easy care

प्रकाशित: ८ आश्विन २०७६, बुधबार

ताजा समाचार