गूगलमा शुल्क तिरेर प्रयोग गर्न सकिने ‘प्ले पास’ सर्भिस, ३५० वटा ‘अनलक्ड’ एप्स र गेम्स उपलब्ध

Technology Khabar ७ आश्विन २०७६, मंगलवार

गूगलमा शुल्क तिरेर प्रयोग गर्न सकिने ‘प्ले पास’ सर्भिस, ३५० वटा ‘अनलक्ड’ एप्स र गेम्स उपलब्ध
Global IME Bank

काठमाडौं ।

काठमाडौं । गूगलले यूजर्सलाई नयाँ सब्सक्रिप्सन सर्भिस उपलब्ध गराएको छ । कम्पनीले हालै ३५० वटा पूर्णरुपमा अनलक्ड एन्ड्रोयड एप्स तथा गेम्सहरु मासिक शुल्क भुक्तानीमा उपलब्ध गराउने प्ले पास सब्सक्रिप्सन सर्भिस लन्च गरेको छ ।

गूगलले ती सबै सफ्टवेयरहरु प्ले पासमार्फत प्रदान गर्नेछ भने त्यसमा इन-एप चार्जेज र विज्ञापनहरु हुनेछैनन् । गूगलको प्याकेजमा केलब ति प्रडक्टहरु मात्र रहनेछन जून यसअघि नै प्ले स्टोरमा उपलब्ध भईसकेको छन् ।

गूगलको यो घोषणा एप्पलले आफ्नै गेमिंग सब्सक्रिप्सन सर्भिस लन्च गरेको केहि दिनपछि सार्वजनिक भएको छ ।

गूगलले यो सर्भिसका लागि ग्राहकहरुसँग मासिकरुपमा ४.९९ अमेरिकी डलर शुल्क लिनेछ भने यसअघि नै यो सेवा लिनेहरुलाई भने पहिलो वर्षको लागि सदस्यता शुल्क केबल १.९९ अमेरिकी डलर मासिकरुपमा लिने प्रतिबद्धता जनाएकोछ ।

हाल गूगलको प्ले पास सर्भिस अमेरिकामा आधारित सब्सक्राईबरहरुका लागि मात्र सार्वजनिक गरिएको छ तर कम्पनीले यो सेवालाई अन्य देशहरुमा छिटै लन्च गर्ने अनुमान गरिएको छ ।

गूगलको एप्सहरुमा एक्यूवेदर, स्टार वार्स, रिस्क, पिक स्टीचलगायत रहेका छन् ।

यो नयाँ सर्भिसका लागि गूगलले एपमा प्ले पास ट्याब ल्याएको छ जसअन्तरगत यूजर्सले कुन एप्सलाई लिन चाहन्छन भनेर छनौट गर्न सक्नेछन् ।

गूगलकाअनुसार यो प्ले पास सर्भिस एन्ड्रोयड ४.४ भर्सन वा त्यो भन्दा नयाँ सबै एन्ड्रोयड स्मार्टफोनहरुमा कम्प्याटिबल रहेको छ भने यसको लागि प्ले स्टोरको १६.६.२५ भर्सन आवश्यक पर्नेछ ।

Sajilo Visa

प्रकाशित: ७ आश्विन २०७६, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार