इन्टरनेट प्रोटोकल आईपीभी६ प्रयोग गर्ने बेलारुस पहिलो देश बन्यो, कानून नै बनाएर लागू गरियो

Technology Khabar ७ आश्विन २०७६, मंगलवार

इन्टरनेट प्रोटोकल आईपीभी६ प्रयोग गर्ने बेलारुस पहिलो देश बन्यो, कानून नै बनाएर लागू गरियो

काठमाडौं ।

काठमाडौं । इन्टरनेट प्रोटोकलको सबैभन्दा नयाँ भर्सन आईपीभी६ आधिकारीक रुपमा लागू गर्ने बेलारुस पहिलो देश भएको छ ।

आउँदो सन् २०२० जनवरी १ देखि सम्पूर्ण बेलारसियन इन्टरनेट सर्भिस प्रोभाइडरहरुले उनीहरुको नेटवर्कमा आइपीभी ६ प्रोटोकल सपोर्ट गर्नेछन् । यसका साथै सम्पूर्ण ग्राहकहरुका लागि पनि आइपीभी६ एड्रेस जारी गर्नेछन् ।

बेलारुसमा आईपीभी६ लागू गर्न हालै त्यहाँका राष्ट्रपतिले सनद जारी गरेर नयाँ कानून घोषणा गरेका छन् । नयाँ कानूनमा देशभित्र राष्ट्रिय इन्टरनेट प्रयोगको बारेमा उल्लेख छ ।

पूर्वी यूरोपेली देश तथा यसअघि सोभियत संघको एउटा सदस्य देश भएतापनि हाल बेलारुसमा सबैभन्दा र आधुनिक इन्टरनेट ब्याकबोन रहेको छ । त्यहाँका स्थानीय आईएसपीहरुले यसअघि नै आईपीभी६ सपोर्टको लागि परीक्षण शुरु गरिसकेका छन् ।

हाल बेलारुसमा आईपीभी६ सपोर्ट करिब १५ प्रतिशत मात्र औसतमा रहेको छ, जुन विश्वको औसत २९ प्रतिशत भन्दा कम हो ।
तर नयाँ वर्षको शुरुवातसँगै बेलारुसमा आईपीभी६ उपयोग गर्ने प्रतिशतमा वृद्धि हुने बताईएको छ । नयाँ आईपीभी६ इन्टरनेट प्रोटोकल लागूहुनासाथै उपभोक्ताहरुले आईपीभी४ र आईपीभी६ दुबै प्रयोग गर्न सक्नेछन् । तर कनेक्सन भने पूर्णरुपमा आईपीभी६ मा नै संचालन हुनेछ ।

आईपी प्रोटोकलले तोकिएको आईपी एड्रेस सम्बन्धित डिभाइसहरुलाई प्रदान गर्दछ जुन इन्टरनेटमा जोडिएका हुन्छन् । आईपीभी४ प्रोटोकलले ३२ बीट फम्र्याटमा आइपी एड्रेस सपोर्ट गर्दछ, जबकी आईपी६ ले १२८ बीट एड्रेस सपोर्ट गर्दछ ।

आईपीभी६ इन्टरनेट स्ट्याण्डर्डको रुपमा सन् २०१७ मा अनुमति प्रदान गरिएको थियो भने यसलाई आईपीभी४ प्रोटोकललाई प्रतिस्थापन गर्नेगरि डिजाइन गरिएको थियो ।

माध्यम

Global Bank
easy care

प्रकाशित: ७ आश्विन २०७६, मंगलवार

ताजा समाचार