Technology Khabar ५ आश्विन २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । स्मार्टफोन ब्राण्ड अनरले दशैंको अवसर पारेर नयाँ अफर योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘दशैंको बहार फोनमा फोन उपहार’ योजना सार्वजनिक गरेको हो ।
चाडपर्वमय अवसर पारेर हरेक ग्राहकहरुलाई उपहार दिने गरि नयाँ अफर ल्याएको हो । नयाँ अफरअन्तरगत हरेक अनर स्मार्टफोनको खरिदमा ग्राहकहरुले एउटा तोकिएको उपहार प्राप्त गर्नेछन् ।
यसबाहेक ग्राहकहरुले प्रत्येक दिन अनर स्मार्टफोन जित्ने अवसर प्राप्त गर्नेछन् । यसको लागि लक्की ड्रमार्फत अनर नेपालको फेसबुक पेजमा प्रत्येक दिन २ बजे लाइभमार्फत बिजेता घोषणा गरिने कम्पनीले उल्लेख गरेको छ।
यो अफरमा सहभागी हुनका लागि प्रत्येक अनर फोनहरुको खरिदपछि ग्राहकहरुले एसएमएसमार्फत सहभागिता जनाउन सक्नेछन् ।
जसअन्तरगत एसएमएसमा अंग्रेजीमा अनर लेखेर स्पेस दिएर किनेको फोनको आईएमईआई नम्बरसहित ९८०१८८१९४५ मा पठाउनुपर्नेछ ।
यो अफर योजना यहि असोज ५ गतेदेखि असोज २१ गतेसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ।
नेपाली बजारमा अनरका स्मार्टफोनहरु न्यूनतम ११,१९० रुपैयाँदेखि अधिकतम ३५,७९० रुपैयाँसम्ममा उपलब्ध रहेका छन् । अनर फोनहरु नेपाली बजारमा क्रातोस टेक्नोलाेजीज प्रालिले आधिकारीकरुपमा आयात तथा बिक्री गर्दै आएको छ ।
प्रकाशित: ५ आश्विन २०७६, आईतवार