नेशनल लाईफ इन्स्योरेन्सको अभिकर्ताहरुको राष्ट्रिय सम्मेलन सम्पन्न

Technology Khabar ५ आश्विन २०७६, आईतवार

नेशनल लाईफ इन्स्योरेन्सको अभिकर्ताहरुको राष्ट्रिय सम्मेलन सम्पन्न
NTC_Advt

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कं. लि. को वरिष्ठ अभिकर्ताहरुको राष्ट्रिय सम्मेलन “चेयरपर्शन क्लब” समारोह काठमाडौंमा असोज ५ गते आईतवार सम्पन्न भएको छ ।

समारोहमा आर्थिक वर्ष २०७५/०७६ मा मुलुक भरी रहेका कम्पनीको ४७,४०० अभिकर्ताहरु मध्ये उत्कृष्ट ब्यवसाय गर्ने २३७ जना अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो ।

कम्पनी अध्यक्ष प्रेमा सिंहले कम्पनीको विविध पक्ष वारे जानकारी गराउदै कम्पनी वित्तिय एवं संरचनागत हिसाबले राम्रो रहेको, कम्पनीको जीवन बीमा कोष रु.२७ अर्ब भन्दा बढी पुगेको र चुक्ता पूँजी नियामक निकायले तोकेको रु.२ अर्बलाई पार गरेर हाल रु.३ अर्ब पुगेको जानकारी दिईन् ।

ब्यवसाय विस्तार संगै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वमा समेत विशेष ध्यान दिएको र गत वर्ष देखि विपन्न वर्गका वाल-वालिकाहरुलाई शिक्षाको लागि आर्थिक सहयोग उपलब्ध गराउने हिसाबले “वाल-वालिका शिक्षा योजना छात्रवृत्ती कार्यक्रम” संचालन गरेकोमा गत वर्ष ६ जना विपन्न वर्गका वाल(वालिकाहरुलाई छात्रवृत्ती उपलब्ध गराइएको जानकारी दिएको छ ।

कार्यक्रममा कार्यकारी प्रमुख भरत वस्नेतले आ.व.२०७५/०७६ मा कम्पनीले सन्तोषजनक ब्यवसाय गरेको र नेपालको जीवन बीमा क्षेत्रमा महत्वपूर्ण स्थान हासिल गरेको बताउँदै ब्यवसाय संचालनको विविध पक्ष वारे जानकारी प्रस्तुत गरे ।

समारोहमा एजेन्सी म्यानेजरको वर्गमा नेपाल भरीमा प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमशः रु.४ लाख, रु.३ लाख र रु.२ लाख नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो । साथै ब्यक्तिगत अभिकर्तामा नेपालभरीमा प्रथम, द्वितिय एवं तृतिय हुनेलाई क्रमशः रु.२.५० लाख, रु.२ लाख र रु.१ लाख नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो । यसै गरी ७ वटा प्रदेशमा प्रथम, द्वितिय र तृतिय हुनेलाई समेत नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो ।

समारोहमा अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने प्रयोजनको लागि मित्र राष्ट्र भारतवाट आएका प्रशिक्षक टि.एस.मदानवाट प्रशिक्षण कार्यक्रम संचालन गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित: ५ आश्विन २०७६, आईतवार