यूट्यूब च्यानल प्रमाणीकरणले भिडियो सिर्जनाकारलाई समस्या, भेरिफाईड ब्याज पनि नयाँ डिजाइनमा

Technology Khabar ५ आश्विन २०७६, आईतवार

यूट्यूब च्यानल प्रमाणीकरणले भिडियो सिर्जनाकारलाई समस्या, भेरिफाईड ब्याज पनि नयाँ डिजाइनमा

काठमाडौं । भिडियो शेयरिंग प्लेटफर्म यूट्यूबले आफ्नो प्लेटफर्ममा प्रमाणीकरण(भेरिफिकेसन)को व्यवस्थामा परिवर्तन गर्ने घोषणा गरेसँगै यूट्यूबमा भिडियो उपलब्ध गराउने यूट्यूब क्रिएटरहरुको विरोधसँग कम्पनीले सो प्रकृयालाई पुनरावलोकन गरेको छ ।

यसअघि यूट्यूबले भेरिफाईलाई थप कठिन बनाएको थियो भने ओरिजिनल कन्टेन्टहरु उपलब्ध गराउनेलाई मात्र भेरिफाईड गर्ने बताएको थियो । त्यसैगरि चर्चित ब्राण्ड, क्रिएटर, सेलेबे्रटिहरुलाई मात्र भेरिफाईड ब्याज दिने बताएको थियो ।

तर अहिले नै भेरिफाईड ब्याज पाएका केहि भिडियो मेकरहरुले आफ्नो ब्याज गुमाएका छन् । जसले गर्दा कयौं क्रिएटरहरुले आफ्नो विरोध जनाएका थिए ।

यूट्यूबले हालको व्यवस्थाअनुसार १ लाख भन्दा बढि सब्सक्रिप्सन भएका च्यानलहरुले बिना कुनै प्रमाण सिधै भेरिफाईड हुने बताएको थियो । तर नयाँ नियमअन्तरगत प्रोमिनेन्ट च्यानलहरुले भने उनीहरुको आधिकारीकताको प्रमाण पेश स्पष्टरुपमा पेश गर्नुपर्ने हुन्थ्यो ।

‘निकै परिचित वा अधिक मात्रामा खोजि गरिने सिर्जनाकारहरु, कलाकारहरु, सार्वजनिक व्यक्तित्व वा कम्पनीहरु योग्य हुनेछन्,’ यूट्यूबले भनेको थियो ।

यूट्यूबले क्रिएटरहरुलाई ईमेल पठाएर उनीहरुको भेरिफाईड स्ट्याटस गुम्ने तर उनीहरुले सो निर्णयको विरुद्धमा पुन अपिल गर्न सक्ने बताईएको थियो ।

नयाँ भेरिफिकेसन प्रकृयाका कारण विश्वभर लाखौं सब्सक्राईबर भएका यूट्यूब क्रिएटरहरुले पनि आफ्नो भेरिफाईड स्ट्याटस गुमाएका थिए ।

यूट्यूबले यसका साथै नयाँ भेरिफाईड ब्याज पनि सार्वजनिक गरेको छ । यसमा यूट्यूब क्रिएटरको नामको छेउमा ग्रे कलर ब्याकग्राउण्डमा ह्वाईट टिक मार्क लगाईएको हुनेछ । तर अब भने भेरिफाईड च्यानलहरु ग्रे कलर ब्याकग्राउण्डमा देखिनेछन् ।

‘च्यानल पेजहरुको माझमा नयाँ लूक अझ थप सुनिश्चित देखिनेछ, र यो प्रतिकपि गर्न थप कठिन हुनेछ,’ यूट्यूबले ब्लगपोष्टमा भनेको छ ।

धेरै भिडियोमेकरहरुले भेरिफाईड ब्याजलाई स्ट्याटस संकेतको रुपमा हेर्ने गरेका छन् । एजेन्सी

TK Viber

प्रकाशित: ५ आश्विन २०७६, आईतवार

Loading...