फेसबुकद्धारा दशौं हजार एप्स निलम्बन, क्याम्ब्रिज एनालिटिका काण्डपछि सबैभन्दा ठूलो अनुसन्धान

Technology Khabar ५ आश्विन २०७६, आईतवार

फेसबुकद्धारा दशौं हजार एप्स निलम्बन, क्याम्ब्रिज एनालिटिका काण्डपछि सबैभन्दा ठूलो अनुसन्धान
Global IME Bank

काठमाडौं ।

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ ।

सन् २०१८ मार्चको क्याम्ब्रिज एनालिटिकाको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको कम्पनीले शुक्रबार जनाएको छ ।

आफ्ना प्रयोगकर्तासँग सम्बन्धित विवरणहरु चोरी हुनेगरी भएको क्याम्ब्रिज काण्डपछि फेसबुकले ती एप्स निलम्बन गरेको हो । निलम्बनमा परेका एप्स करिब ४०० डेभलपरहरुसँग सम्बन्धित रहेका छन् ।

फेसबुकले सबै एप भने जोखिमपूर्ण नभएको स्पष्ट पारेको छ । सन् २०१८ मा क्याम्ब्रिज एनालिटिका नामक कम्पनीले बिनाअनुमति फेसबुक प्रयोगकर्ताको विवरण चोरेको तथ्य बाहिरिएको थियो । फेसबुकले निलम्बनमा परेका एप तथा शङ्कास्पद निर्माताबारे भने जानकारी दिएको छैन ।

निलम्बनमा पर्दैमा एपले मानिसहरूलाई जोखिममा पारेको निश्कर्ष निकाल्न भने नमिल्ने फेसबुकद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । फेसबुकबाट लिएको विवरण अरूलाई दिएको वा मानिसको परिचय खुल्नेगरी सार्वजनिक गरेको पाइएपछि केही एपलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको हो।

यहि घटनापछि प्रयोगकर्ताहरुको प्राइभेसी उलंघन गरेको आरोपमा अमेरीकाले फेसबुकलाई ५ बिलियन डलर जरिवाना गरेको थियो।

क्याम्ब्रिज एनालिटिका काण्डपछि फेसबुकले एप्सका प्लेटफर्महरुमा अनुसन्धान गर्न सयौं वकिलहरु डाटा वैज्ञानिकहरु र ईन्जिनियरहरुसहितको अनुसन्धान टोली बनाएको थियो । यसअन्तरगत कम्पनीले रिभ्यू गर्नका लागि एप्सलाई निलम्बन गरेको हो ।

Sajilo Visa

प्रकाशित: ५ आश्विन २०७६, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार