हुवावेद्धारा बेलायतमा तालिम केन्द्र स्थापना, १ हजार इन्जिनियरलाई ५जी प्रविधि बारे प्रशिक्षण दिईने

Technology Khabar ४ आश्विन २०७६, शनिबार

हुवावेद्धारा बेलायतमा तालिम केन्द्र स्थापना, १ हजार इन्जिनियरलाई ५जी प्रविधि बारे प्रशिक्षण दिईने

काठमाडौं ।

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी हुवावेले बेलायतको बर्मिङघममा ५जी तालिम केन्द्र स्थापना गरेको छ । सो केन्द्रमार्फत बेलायतमा ५जीसँग सम्बन्धित सूचना एवं सञ्चार प्रविधिका बारेमा तालिम प्रदान गरिनेछ ।

केन्द्रमा एक पटकमा २० जनालाई तालिम दिन सकिने कम्पनीले जानकारी दिएको छ । प्रत्येक तालिमका प्रशिक्षार्थीलाई पाँच दिनको तालिम दिइने र यसमा ५जी प्रविधि, आधुनिक नेटवर्क इन्जिनियरिङका सिद्धान्त एवं ५जी नेटवर्कका उपकरणको जडानबारे व्यवहारिक ज्ञान दिने भएको छ ।

हुवावेका अनुसार केन्द्र पूर्णरुपमा सञ्चालनमा आएपछि ५जी प्रविधिसँग सम्बन्धित १ हजार नेटवर्क इन्जिनियरलाई प्रशिक्षण दिइनेछ ।  सो तालिम केन्द्रमा ५ दिनको तालिम दिईनेछ जसमा ५जी टेक्नोलोजीको परिचय, मोर्डन नेटवर्क इन्जिनियरिङ्गको सिद्धान्तहरुलगायत ५जी नेटवर्क उपकरणलगायतका विषयमा जानकारी दिईनेछ ।

‘५जी प्रदान गर्न कुनै रानीतिक उद्धेश्य, कुनै व्यवसायीक ईच्छा प्राप्तिको हतार बिना नै इन्जिनियरहरुको अभावलाई पूर्ति गर्नेगरि नयाँ तालिम केन्द्र स्थापना गरिएको हो,’ ह्वावे यूकेका नन एक्जुकेटिभ डाइरेक्टर सर एन्ड्र्यू काहनले भने ।

Global Bank
easy care

प्रकाशित: ४ आश्विन २०७६, शनिबार

ताजा समाचार