शाओमीको एमआईयूआई ११ मा ‘भुकम्प चेतावनी’ फीचर, यूजर्सलाई रिमाइण्डरको रुपमा पठाईने

Technology Khabar ४ आश्विन २०७६, शनिबार

शाओमीको एमआईयूआई ११ मा ‘भुकम्प चेतावनी’ फीचर, यूजर्सलाई रिमाइण्डरको रुपमा पठाईने
Classic Tech
Nepal Telecom

काठमाडौं । चिनियाँ टेक कम्पनी शाओमीले आफ्नो नयाँ ५जी डिभाइसहरुका साथमा शाओमी टिभी प्रो र शाओमी एमआईयूआई ११ पनि लन्च गर्ने तयारी गरेको छ । कम्पनीले फाइभजी डिभाइसहरु लन्च गर्नका लागि २४ तारिख छनौट गरेकोछ ।

यसैबिच शाओमीका प्रडक्ट डाइरेक्टर तथा एमआईयूआई एक्सपेरिएन्ट जनरल म्यानेज जाओफ्यानले नयाँ सफ्टवेयर अपडेटमा लाइफ सेभिंग फीचर राखिएको जानकारी गरेका छन् । उनकाअनुसार शाओमी एमआईयूआई ११ मा अर्थक्वेक वार्निंग अर्थात भुकम्प आउने चेतावनी राखिएको छ ।

अर्थक्वेक वार्निग फीचर पप अप बक्समा हुनेछ जुन यूजर्सलाई रिमाइण्डरको रुपमा पठाईनेछ । यसले यूजर्सलाई रिमाण्ड गराउने छ की कतिबेला नेटवर्कले भुकम्प आउन सक्नेछ र त्यसले जमिन हल्लिनेछ जानकारी दिनेछ ।

यो फीचरले ‘सेस्मिक वेभ लोकेसन’ पनि पत्ता लगाउनेछ, त्यस्तै एपिक एरिया, र भुकम्पको म्याग्निच्यूड पनि जानकारी दिनेछ । वार्निंग काउण्टडाउन सकिने बित्तिकै आकस्मिक सहायता सेवा उपलब्ध हुनेछ ।

अर्थक्वेक अर्लि वार्निंग सिस्टमको मुख्य उदेश्य भनेको तिब्रगतिमा आउने तरंगहरुलाई पत्ता लगाएर अनुमान गर्नुहो । यस्ता तरंगहरु निकै तिब्रगतिले आउँछन र केबल केहि सेकेण्डको मात्र चेतावनी अवधि हुन्छ ।

भुकम्पको अनुमान गर्नु निकै कठिन विषय हो भने यो निकै जटिल पनि छ तर यदि शाओमीले यस्तो फीचर विकास गरिरहेको हो भने यसलाई सुनिश्चित गर्न थप ल्याब अध्ययनको आवश्यकता पर्नेछ ।

यस्तो फीचर निकै महत्वाकांक्षी हुनेछ तर पनि शाओमीले यो विकास गर्ने शुरुवात गरेको छ ।
स्रोत

TK Viber

प्रकाशित: ४ आश्विन २०७६, शनिबार

Comments are closed.

Loading...