भीभो भी१७ प्रो स्मार्टफोन लन्च, ३२ मेगापिक्सेल ड्यूल पप-अप सेल्फी क्यामरा भएको स्मार्टफोन

Technology Khabar ४ आश्विन २०७६, शनिबार

भीभो भी१७ प्रो स्मार्टफोन लन्च, ३२ मेगापिक्सेल ड्यूल पप-अप सेल्फी क्यामरा भएको स्मार्टफोन
भीभो भी १७प्रो
Classic Tech

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी भीभोले आफ्ना भी सिरिजमा नयाँ स्मार्टफोन भीभो भी १७ प्रो (Vivo V17 Pro)लन्च गरेको छ । कम्पनीले पहिलो पटक ड्यूल पप अप सेल्फी क्यामरासहितको स्मार्टफोन ल्याएको हो ।

यो स्मार्टफोनको मुख्य विशेषता भनेको नै यसमा भएको दुईवटा सेल्फी क्यामरा हो । त्यस्तै यसमा रियर क्वाड क्यामरा सेटअप रहेको छ । समग्रमा भन्दा भीभो भी १७ प्रोमा ६ वटा क्यामराहरु रहेका छन् ।

भीभो भी १७ प्रोमा ६.४४ इन्चको फूलएचडी प्लस सुपर एमोलेड फूलभ्यू डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन १०८०x२४४० पिक्सेल रहेको छ ।

ड्यूल सिम सपोर्ट भएको यो फोन एन्ड्रोयड ९ पाईमा आधारित फनटच ९.१ मा संचालन हुन्छ । क्वालकम स्न्यापड्रागन ६७५ एआईई प्रोसेसर भएको फोनमा ६जीबी र ८जीबीको र्याम राखिएको छ भने २५६ जीबी सम्मको स्टोरेज अप्सन रहेको छ ।

फोटोग्राफीका लागि यसको रियरमा क्वाड क्यामरा सेटअप रहेको छ । जसमा ४८ मेगापिक्सेलको मुख्य क्यामराका साथमा ८ मेगापिक्सेल प्लस १३ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको सेन्सर रहेको छ । त्यसैगरि सेल्फीका लागि ३२ मेगापिक्सेलको वाइड एंगल तथा ८ मेगापिक्सेलको क्यामरा रहेको छ ।

भी १७ प्रो स्मार्टफोनमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर राखिएको छ भने कनेक्टिभिटीका लागि यूएसबी टाइप सी पोर्ट, वाईफाई, ब्लूटूथ ५.० भर्सन, ओटिजी र जीपीएस सपोर्ट छ ।

फोनमा ४,१०० एमएएचको ब्याट्री प्याक रहेको छ भने यसको साइड बेजेलहरु निकै पातलो १.७५ एमएमको रहेको छ । फोनको स्क्रीन टू बडि रेसियो ९१.६४ प्रतिशत रहेको छ । यसमा १८ वाटको फास्ट चार्ज सपोर्ट रहेको छ ।

फोनमा मल्टि टर्बो एक्सिलेरेसन टेक्नोलोजी रहेको छ जसका साथमा एआई टर्बो, सेन्टर टर्बो, गेम टर्बो, नेट टर्बो र कुलिंग टर्बो रहेको छ । यो प्रविधिले भी १७ प्रोको कोड स्टार्ट स्पीडलाई २५ प्रतिशत बढाउँछ भने वार्म स्टार्ट स्पीडलाई ९ प्रतिशत बढाउँछ ।

हाल भारतमा मात्र लन्च भएको यो स्मार्टफोनको मूल्य भारु २९,९९० अर्थात ४७ हजार ९ सय ८४ रुपैयाँ तोकिएको छ । यो फोन २० सेप्टेम्बरदेखि प्रि-बुक र २७ सेप्टेम्बरदेखि बिक्रीका लागि उपलब्ध हुनेछ ।

TK Viber

प्रकाशित: ४ आश्विन २०७६, शनिबार

Loading...