Technology Khabar ३ आश्विन २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । भारतीय कम्पनी मार्ग ईआरपी लिमिटेडको नेपाल च्याप्टरको इन्भेन्टरी म्यानेजमेन्ट तथा प्रभावशाली एकाउन्टिङ्ग सफ्टवेयरले नेपालमा लघु, साना तथा मझौला उद्योगको वृद्धिका लागि उपस्थीति र संचालनलाई सुद्दढ बनाइरहेको छ ।
नेपालमा सेवाको पहुँचबाट बाहिरिएका लघु, साना तथा मझौला उद्योगलाई अझ राम्रो बनाउन मार्ग ईआरपीले काठमाडौंमा आफ्नो सर्भिस सर्पोट सेन्टर खोलेको हो ।
नेपाल च्याप्टर “नेपाल ईआरपी इन्टप्राईजेज्” अन्तर्गत मार्ग ईआरपी दुई वर्ष अगाडि नेपालमा संचालनमा आएको हो र यसले कस्टुमाइज टेक्नोलोजी सोलुसनको माध्यमबाट पहिले देखि नै एमएसएमई क्षेत्रलाई डिस्रप्ट गर्न शुरु गरिसकेको छ ।
कम्पनीको लक्ष्य १५ जना स्थानीय साझेदारी तथा मार्ग कर्मचारीहरुको टोलीका साथ प्रत्येक महिना ३५० भन्दा बढि उद्यम तथा व्यवसायहरुलाई स्वचालित र कम्प्यूटराइज गर्ने रहेको छ । यसैबिच सरोकारवालाहरुसँग संलग्नता र अन्तक्रिया बढाउन नेपाल ईआरपी इन्टप्राईजेज (मार्ग ईआरपी) ले नेपाल बिजनेश पार्टनर मिट आयोजना गरेको छ ।
मार्ग ईआरपीका भारतका कन्ट्री हेड प्रितेश प्रभाकर पाटिल, इन्टरनेशनल मार्केटिङ्गका सिनियर म्यानेजर तारकेराव सिंह सहितको सो कार्यक्रममा फार्मेसी एसोसिएसनका अध्यक्ष अमृत खनाल, अडिटर एसोसिएसन नेपालका सीईओ नरेश खनाल तथा फेडेरेसन अफ नेपाल गोल्ड एण्ड सिल्भर डिलर एसोसिएसनका उपाध्यक्ष माणिकरत्नले रचनात्मक छलफल गरेका थिए ।
मार्ग ईआरपी नेपालले देशमा सक्रिय रुपमा स्थानीय प्रतिभालाई प्रशिक्षण गर्नेछ र अभ्यस्त जनशक्ति उत्पादन गर्नेछ । कम्पनी लघु, साना तथा मझौला उद्योगको बढ्दो आवश्यकतालाई सहयोग गर्न देशमा उच्च दक्ष मानव विकास गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
मार्ग ईआरपी लिमिटेडका प्रबन्ध निर्देशक सुधिर सिंह भने, ‘अत्याधुनिक टेक्नोलोजी सोलुसन, गुणस्तरीय सेवा प्रदान गर्न तथा ग्राहकहरुको समीप पुग्न हामी हाम्रो उपस्थीतिलाई बढाउनुका साथै कोरलाई सुद्दढ गरिरहेका छौं । लघु, साना तथा मझौला उद्योगलाई कस्टुमाइज टेक्नोलोजी सोलुसनको आवश्यकता छ जसले कुशलतापूर्वक अवस्थीत अपरेशनहरुलाई व्यवस्थापन गर्न र ग्लोबल बजारमा विकासका अवसरहरु खोजी गर्न सक्षम बनाउँछ ।’
प्रकाशित: ३ आश्विन २०७६, शुक्रबार