ह्वावेको मेट ३० सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक, गूगलका आधिकारीक एप्सहरु नचल्ने

Technology Khabar ३ आश्विन २०७६, शुक्रबार

ह्वावेको मेट ३० सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक, गूगलका आधिकारीक एप्सहरु नचल्ने
Classic Tech
Nepal Telecom

काठमाडौं । ह्वावेले आफ्नो मेट सिरिजमा दुई नयाँ स्मार्टफोन मेट ३० र मेट ३० प्रो लन्च गरेको छ । कम्पनीले यसबाहेक ह्वावे वाच जीटी २ र ह्वावे भिजन स्मार्ट टिभी तथा ह्वावे फ्रिबर्डस ३ पनि सँगै सार्वजनिक गरेको छ ।

अमेरिकाले ह्वावेमा लगाएको प्रतिबन्धपछि कम्पनीले पहिलो पटक आफ्नो हाई एण्डको स्मार्टफोन लन्च गरेको हो ।

कम्पनीले यसलाई प्रिमियम सेगमेन्टमा ल्याएको छ जसमध्ये मेट ३० प्रोमा ग्लास ब्याक तथा क्वाड रियर क्यामरा सेटअप रहेको छ ।

फोनमा ६.६२ इन्चको फूलएचडी प्लस डिस्प्ले रहेको छ भने ८ जीबी र्याम र २५६ जीबीको स्टोरेज उपलब्ध हुनेछ । एन्ड्रोयड १० को जस्तै फीचरहरु राखिएको ईएमयूआईमा सो फोन अपरेट हुनेछ । तर यो स्मार्टफोनमा गूगलका एप्स तथा सर्भिसहरु उपलब्ध हुनेछैन् ।

अमेरिकाले ह्वावेलाई प्रतिबन्ध लगाएपछि कम्पनीले गूगलका फ्रि सर्भिसेज एप्समात्र प्रयोग गर्न पाउने हुँदा गूगलका आधिकारीक एप्सहरु कुनैपनि छैनन् ।

मेट ३० प्रोमा कम्पनीकाअनुसार किरिन ९९० चीपसेट रहेको छ जसमा ५जी बेसक्याण्ड पनि राखिएको छ ।

फोनमा थ्रीडी फेस अनलक, आईपी६८ वाटर एण्ड डस्ट रेसिस्टेन्स, ४,५०० एमएएचको ब्याटीका साथमा सुपरचार्ज २७वाट वायरलेस चार्जिंग फीचर राखेको छ ।

यो स्मार्टफोनमा कम्पनीले ४० मेगापिक्सेलको रियर क्यामरा राखेको छ भने साथमा १६ मेगापिक्सेल र ८ मेगापिक्सेलको क्यामरा पनि रहेको छ । यसबाहेक ओआईएस र थ्रीडी डेप्थ सेन्सर पनि छ । यसको रियर क्यामराले फोरके भिडियोहरु तथा ७२० पिक्सेलका सुपर स्लो मोसन भिडियो खिच्न सक्दछ ।

मेट ३० सिरिजको मेट ३० स्मार्टफोन भने केहि कम स्पेकका साथमा उपलब्ध हुनेछ । यो फोनमा ६.६२ इनचको फूलएचडी प्लस डिस्प्ले, किरिन ९९० चीपसेट रहेको छ । फोनमा ८जीबी र्याम र १२८ जीबी स्टोरेज हुनेछ भने ४,२०० एमएएचको ब्याट्री प्याक रहेको छ ।

यसमा पनि ४० मेगापिक्सेलको मुख्य रियर क्यामरा छ भने फ्रन्टमा २४ मेगापिक्सेलको क्यामरा रहेको छ ।

यी फोनहरु सिल्भर, पर्पल, ग्रीन र ब्ल्याक कलर अप्सनमा उपलब्ध हुनेछन् । दुबै फोनहरुमा ३० एक्स डिजिटल जुम, थ्री एक्स अप्टिकल जुम र ५एक्स हाईब्रिड जुम सपोर्ट गर्दछ ।

ह्वावेले मेट ३० प्रोको मूल्य ८जीबी र्याम र २५६ जीबी स्टोरेजमा १२१६ डलर तथा मेट ५० प्रो ५जी ८ जीबी र्याम र २५६ जीबी स्टोरेजको मूल्य १३२६ डलर तोकेको छ । त्यस्तै मेट ३० को ८जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य भने ८८४ अमेरिकी डलर छ ।

यसबाहेक कम्पनीले पोर्चे डिजाइनमा पनि मेट ३० प्रो आरएस सार्वजनिक गरेको छ जसको मूल्य २३१६ डलर रहेको छ ।

TK Viber

प्रकाशित: ३ आश्विन २०७६, शुक्रबार

Comments are closed.

Loading...