सोसियल मिडिया फेसबुकका कार्यालयहरुमा पुनः प्रयोग नहुने प्लास्टिक बोतल प्रयोगमा प्रतिबन्ध

Technology Khabar ३ आश्विन २०७६, शुक्रबार

सोसियल मिडिया फेसबुकका कार्यालयहरुमा पुनः प्रयोग नहुने प्लास्टिक बोतल प्रयोगमा प्रतिबन्ध

काठमाडौं ।

काठमाडौं । सोसियल मिडिया फेसबुक पछिल्ला दिनहरुमा डाटा सेक्यूरिटी र डाटा किनबेचको मामलामा निकै विवादमा पर्दै आएको छ । तर अहिले भने कम्पनीले जलवायु परिवर्तनलाई ध्यान दिँदै नयाँ निर्णय गरेको छ।

फेसबुकले आफ्नो विश्वभर रहेका कार्यालयहरुमा सिंगल यूज प्लास्टिक अर्थात पुन प्रयोग गर्न नसकिने प्लास्टिक वाटर बोतलहरुलाई रोक लगाएको छ । यसको साटो कम्पनीले आफ्ना कामदारहरुका लागि पानी भर्ने स्टेशनहरु स्थापना गरेको छ ।

अहिलेसम्म विश्वको सबैभन्दा ठूला कम्पनीहरु प्लास्टिक प्रतिबन्ध लगाएका थिएनन र फेसबुक पहिलो कम्पनी भएको छ ।

प्लास्टिक उत्पादनको खतरा र फोहोरमैलाको बढ्दो क्रमले गर्दा त्यसको जोखिम बारे जनचेतना जगाउन कम्पनीहरु, जीमखानाहरु, स्टोरहरुमा एक पटक मात्र प्रयोग गर्न सकिने प्लास्टिक बोटलहरुमा प्रतिबन्ध लगाएको हो । जसको साटो सिसा, आल्मुनियम र पेपर कपको प्रयोगमा जोड दिईएको छ।

फेसबुकको यो निर्णयसँगै कम्पनीको अमेरिकामा रहेका नयाँ क्याफ्टेरियाहरुमा नयाँ पानी स्टेशनहरु राखिएका छन भने मेन्लो पार्कमा रहेको मुख्यालयलाई भने रेट्रोफिटिंग गरिने भएको छ । त्यस्तै अन्य शहरहरु सिकागो, अस्टिन, लस एन्जलसमा रहेका नयाँ कार्यालयहरुमा पनि वाटर स्टेशन जडान गरिएका छन् । एजेन्सी

Global Bank
easy care

प्रकाशित: ३ आश्विन २०७६, शुक्रबार