एप्पल प्रयोगकर्ताहरुका लागि नयाँ अपरेटिंग सिस्टम उपलब्ध, यसरी गर्नुस् आईओएस १३ अपडेट

Technology Khabar ३ आश्विन २०७६, शुक्रबार

एप्पल प्रयोगकर्ताहरुका लागि नयाँ अपरेटिंग सिस्टम उपलब्ध, यसरी गर्नुस् आईओएस १३ अपडेट

काठमाडौं ।

काठमाडौं । एप्पलको नयाँ सफ्टवेयर अपडेट आइफोनहरुका लागि कयौं महिनाको प्रतिक्षापछि उपलब्ध भएको छ ।

एप्पलको मोबाइल अपरेटिंग सिस्टमको पछिल्लो सर्भन बिहिबारदेखि अपग्रेड गर्न सकिने भएको हो ।

एप्पलको आईओएस १३ एप्पलको आइफोन सिक्सएसभन्दा पछि आएका सबै मोडलहरुमा डाउनलोड गरेर अपडेट गर्न सकिन्छ ।

यसको लागि प्रयोगकर्ताले आइफोनको सेटिंगमा भएको जनरलमा जानुपर्दछ । त्यसपछि जनरलमा ट्याप गरेर आउने सफ्टवेयर अपडेटलाई प्रेस गर्नुहोस् ।

सफ्टवेयर अपडेटको बेलामा तपाईँको फोन चार्जमा राख्नुहोस र वाईफाईमा जोडिएको हुनुपर्नेछ ।

त्यसभन्दा अगाडि सफ्टवेयर अपडेट गर्नको लागि आफ्नो आइफोनको ब्याकअप राख्नु उपयुक्त मानिन्छ । ब्याकअपको लागि सेटिंगमा गएर आफ्नो नाम भएको स्थानमा ट्याप गर्नुहोस् र त्यसभित्र आइक्लाउड छनौट गरेर तल जानुहोस् । जसमा आइक्लाउड ब्याकअप देखिनेछ ।
यदि कुनै कारणबस तपाईको आइफोनमा सफ्टवेयर अपडेट हुन सकने भनेपनि तपाईँका डाटाहरु सुरक्षित हुनेछन् ।

एप्पलले आइओएस १३ मा केहि नयाँ परिवर्तनहरु गरेको छ, जसमा डार्क मोड, स्वाइप टू टाइप, नयाँ प्राइभेसी फीचर, म्याप्स, सिरी, एप्पल आर्केड रहेका छन् ।

Global Bank
easy care

प्रकाशित: ३ आश्विन २०७६, शुक्रबार

ताजा समाचार