ह्वावेका ल्यापटपहरुमा लिनक्सको अपरेटिंग सिस्टम, माइक्रोसफ्टको विण्डोज प्रयोग गर्न नपाउने

Technology Khabar ३ आश्विन २०७६, शुक्रबार

ह्वावेका ल्यापटपहरुमा लिनक्सको अपरेटिंग सिस्टम, माइक्रोसफ्टको विण्डोज प्रयोग गर्न नपाउने

काठमाडौं ।

काठमाडौं । ह्वावेलाई अमेरिकी सरकारले प्रतिबन्ध लगाएसँगै अमेरिकी प्रडक्ट र सर्भिसहरु प्रयोगमा ह्वावेलाई समस्या हुँदै आएको थियो । अमेरिकी सरकारले दोस्रो पटक ९० दिनको अवधि थप गरेर अमेरिकी कम्पनीहरुलाई ह्वावेसँग कारोबार गर्ने मौका दिएको थियो । तर अब भने प्रतिबन्धको असर स्पष्ट देखिन थालेको छ ।

सरकारले दिएको ९० दिनको समय लम्बिन वा त्यहिं टुंगिन सक्ने बारे अझै स्पष्ट नभएको बिचमा नै ह्वावेका डिभाइसहरुमा माइक्रोसफ्टको विण्डोज अपरेटिंग सिस्टमको प्रयोग रोकिएको छ ।

चिनियाँ टेक कम्पनी ह्वावेले आफ्नो नयाँ ल्यापटपहरु विण्डोज ओएस नराखेर नै बजारमा लन्च गरेको छ । कम्पनीले मेटबुक १३, मेटबुक १४ र मेटबुक एक्स प्रोमा निशुल्क उपलब्ध हुने अपरेटिंग सिस्टम लिनक्स राखेर लन्च गरेको हो ।

कम्पनीले हाल चीनमा मात्र उपलब्ध गराएको सो ल्यापटपहरुमा डिपइन डिस्ट्रीब्यूसनको सेवाहरु उपलब्ध रहेका छन्, जुन डिबियनको चिनियाँ ब्रान्च भएको बताईएको छ ।

ह्वावेले यी ल्यापटपहरुमा ओपन सोर्स र निशुल्क उपलब्ध हुने प्रोग्रामहरु मात्र राखेको छ, जसमा गूगल क्रोम, स्पोटीफाई, स्टीमलगायत छन् । सो ल्यापटपममा डिपइन टेक्नोलोजीद्धारा विकास गरिएका एप्लिकेसनहरु रहेको छ जसमा डब्लूपीएस अफिस र कोडवेभर्स क्रसओभर रहेका छन् ।

डिपइनको नयाँ भर्सनमा विभिन्न सुविधाहरु रहेका छन्। जसमा सबै कार्यहरु क्लाउडमा सेभ गर्न सकिने सेटिंग रहेको छ । जसले गर्दा अपरेटिंग सिस्टम इन्स्टल गरिरहनुपर्ने झन्झट हट्नेछ ।

नयाँ अपरेटिंग सिस्टमका साथमा आएका ह्वावेका नयाँ ल्यापटपहरु कहिले अमेरिका, यूरोपलगायतका बजारमा जान्छन भन्ने जानकारी छैन् ।
माध्यम

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ३ आश्विन २०७६, शुक्रबार

ताजा समाचार