फेसबुकको भिडियो च्याट डिभाइस ‘पोर्टल’का नयाँ मोडलहरु सार्वजनिक, पोर्टल टिभी पनि उपलब्ध

काठमाडौं । फेसबुकले आफ्नो पोर्टल भिडियो च्याट डिभाइसको नयाँ मोडलहरु सार्वजनिक गरेको छ ।

सामाजिक संजालको रुपमा परिचित कम्पनीले हार्डवेयर बजारलाई बिस्तार गर्दै बुधबार नयाँ मोडलका पोर्टल सार्वजनिक गरेको हो ।
कम्पनीले पहिलो पटक टिभी स्ट्रीमिंग हार्डवेयर ल्याएको छ तर यसमा सिमित सब्सक्रिप्सन सर्भिसहरु राखिएको छ ।

फेसबुकले नयाँ डिभाइसका साथमा टेलिभिजन, एआर गेमिंग, कन्टेन्ट भिडियोहरुलगायतका अफर दिनसक्नेछ । कम्पनीले आफ्ना प्रयोगकर्ताहरुलाई थप प्राइभेट कुराकानीको माध्यम विकास गर्नका लागि नयाँ डिभाइस लन्च गरेको हो । पछिल्लो दिनहरुमा डाटा स्क्याण्डलका कारण फेसबुकका यूजरको वृद्धि कमजोर छ ।

नयाँ पोर्टल डिभाइसमा भिडियो कलिंगको सुविधाका साथै ह्वाट्सएप कलहरु जोड्न सकिनेछ । यसमा वाइड एंगल क्यामरा फीचर थप गरिएको छ ।

फेसबुकले पोर्टलको बिक्रीलाई बढाउन अब बेलायत, फ्रान्स, अस्ट्रेलिया, न्यूजिल्याण्ड, स्पेन, इटालीमा पनि बिक्री गर्ने भएको छ । पोर्टलमा अटो जुमिंग एआई क्यामरा, इन हाउस भ्वाइस असिस्टेन्ट स्पीकर, म्यूजिक एप्स, मेसेन्जर भिडियो च्याटलगायतको फीचरहरु रहेका छन् ।

आउँदो अक्टोबर १५ तारिखदेखि बजारमा उपलब्ध हुने पोर्टलको स्ट्याण्डर्ड मोडलमध्ये पोर्टल मिनीको मूल्य १२९ अमेरिकी डलर र पोर्टलको १७९ अमेरिकी डलर तोकिएको छ । त्यसैगरि पोर्टल टिभीको मूल्य १४९ अमेरिकी डलर छ, यो नोभेम्बर ५ तारिखदेखि मात्र उपलब्ध हुनेछ ।

पोर्टल टिभीमा केहि म्यूजिक एप्सहरु उपलब्ध हुनेछन भने टिभी प्रोग्रामहरुको अप्सन पनि हुनेछ ।