नयाँ अल्गोरिदमले ट्विटरमा हुने दूर्व्यवहार रोक्न सकिने, ९० प्रतिशत साइबर बुलिङ्ग पत्ता लगाउने

Technology Khabar २ आश्विन २०७६, बिहीबार

नयाँ अल्गोरिदमले ट्विटरमा हुने दूर्व्यवहार रोक्न सकिने, ९० प्रतिशत साइबर बुलिङ्ग पत्ता लगाउने

काठमाडौं ।

काठमाडौं । अनुसन्धानकर्ताहरुले नयाँ मसिन लर्निङ्ग अल्गोरिदमको विकास गरेका छन जसले ट्विटरमा हुने बुलिङ्ग(दूर्व्यवहार)लाई पत्ता लगाउन सक्नेछन् । यो अल्गोरिदमले करिब ९० प्रतिशत दूर्व्यवहार पत्ता लगाउन सक्ने बताईएको छ ।

हालै सार्वजनिक भएको सो अनुसन्धान रिपोर्टअनुसार अमेरिकाको बिंगह्याम्टन यूनिभर्सिटीका अनुसन्धानकर्ताहरुको समूहले यसलाई त्यस्ता दूव्र्यवहार गर्ने एकाउन्टहरु पत्ता लगाउन र त्यसलाई डिलिट गर्न सहयोगी हुने बताएका छन् ।

यो अल्गोरिदमले विशेषगरि अनलाइनमा हुने व्यवहारलाई दुई किसिमले छुट्याउन सक्दछ । जसमा साइबर बुलिङ्ग(धम्की/दूर्व्यवहार) र साइबर एग्रेसन(साइबर आक्रमकता) रहेका छन् ।

साइबर बुलिङ्ग अहिले निकै चर्चामा रहेको विषय हो, अनुसन्धानले तीनमध्ये १ जना टिनएजर अनलाइन दूव्र्यवहारको त्रासमा रहेको हुन्छ ।
अनुसन्धान समूहका कम्प्यूटर वैज्ञानिक जेरेमी ब्ल्याकबर्नले अल्गोरिदमले प्रयोग गर्ने सूचनाहरु ट्विटर प्रोफाइलहरु र उनीहरुसँग सम्बन्धित अफेन्सिभ एकाउन्टहरुसँगको कनेक्सनबाट लिने गर्दछ ।

‘हामीले क्राउलर्स बनाएका छौं, यो कार्यक्रमले ट्विटरबाट विभिन्न किसिमको संयन्त्रमार्फत डाटा संकलन गर्ने गर्दछ, हामीले ट्विटर यूजर्सको ट्विटरहरु, उनीहरुको प्रोफाइलहरु र उनीहरुसँग सम्बन्धित नेटवर्कमा भएका विषयवस्तुहरुलाई संकलन गरेका थियौं,’ उनले भने ।

समग्रमा भन्दा यो अल्गोरिदमले कसरी सामान्य यूजर बुलिसहरुबिचको भिन्नता बताउने भनेर सिकाएको उनले बताए ।

सो अल्गोरिदमले स्वचालिततरुपमा दूव्र्यवहार गर्ने यूजर्सलाई पहिचान गर्न सक्षम रहेको छ, जसले सामाजिक संजालमा दूर्व्यवहारपूर्ण गतिबिधि गर्दछ ।

सामाजिक मिडिया प्लेटफर्महरुलाई आफ्ना यूजर्सलाई हानीकारक कन्टेन्टहरुबाट कसरी बचाउने भन्ने दबाब रहँदै आएको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २ आश्विन २०७६, बिहीबार