फेसबुकले रेबनसँग मिलेर स्मार्ट चस्मा बनाउँदै, सामाजिक संजालमा लाइभ स्ट्रीम गर्न सकिने

काठमाडौं । फेसबुकले रेबन र ओक्ली सनग्लास बनाउने कम्पनी लक्जोटिकासँग मिलेर नयाँ एआर ग्लास ल्याउने भएको छ ।

फेसबुकले सो कम्पनीसँग मिलेर ल्याउने अग्मेन्टेड रियालिटी ग्लासनको ओरियन कोड नेममा काम भईरहेको बताईएको छ । दुबै कम्पनीले मिलेर ल्याउने सो स्मार्ट ग्लास (स्मार्ट चस्मा) सन् २०२३ र २०२५ भित्रमा उपभोक्ताहरुका लागि उपलब्ध हुनेछ ।

फेसबुकले एआर ग्लासको लागि सन् २०१७ देखि नै काम गरिरहेको छ ।

ओरियन रेबन एआर ग्लासले स्मार्टफोनहरुलाई प्रतिस्थापन गर्ने गरि डिजाइन गरिएको छ भने यसमार्फत कुला गर्न, जानकारी डिस्प्ले गर्न र सामाजिक संजालहरुमा लाइभ स्ट्रीम पनि गर्न सकिनेछ ।

यसबाहेक फेसबुकले दुई जोडि स्मार्ट ग्लासहरुमा पनि काम गरिरहेको छ । जसमध्ये एउटा जोडि स्न्यापच्याटको स्पेक्ट्याक्सल्स जस्तो देखिने छ भने अर्को अझ एडभान्स अगुमेन्टेड रियालिटी ग्लासहुनेछ । एजेन्सी