बेलायतमा अप्टिकल फाइबर ब्रोडब्याण्ड कभरेज ८ प्रतिशत मात्रै, वृद्धि १ प्रतिशत मात्र देखियो

Technology Khabar १ आश्विन २०७६, बुधबार

बेलायतमा अप्टिकल फाइबर ब्रोडब्याण्ड कभरेज ८ प्रतिशत  मात्रै, वृद्धि १ प्रतिशत मात्र देखियो

काठमाडौं ।

काठमाडौं । बेलायतका करिब ४ लाख घरहरुमा पूर्ण अप्टिकल फाइबर ब्रोडब्याण्ड कनेक्सन पहिलो पटक यो वर्षको पहिलो चौमासिकमा पुगेको छ ।

हालै सार्वजनिक भएको एक रिपोर्टअनुसार बेलायतका सम्पूर्ण घरहरुमध्ये केबल ८ प्रतिशतमा मात्र यस्तो फाइबर ब्रोडबयाण्ड पुगेको छ । बेलायतको दूरसंचार क्षेत्रको वाचडग अफकमकाअनुसार सो अवधिमा केबल १ प्रतिशतको वृद्धि देखिएको छ ।

बेलायतले सन् २०२५ सम्ममा सबैका लागि फाइबर ब्रोडब्याण्ड कनेक्सन पुर्याउने प्रधानमन्त्रीको लक्ष्य रहेको छ ।

अफकमकाअनुसार अन्य टेक्नोलोजीहरुमार्फत पनि गीगाबाइटको स्पीड उपलब्ध गराउन सकिएको छ । तर फूल फाइबरमार्फत हुने कनेक्सनमा अन्य विकल्पहरुभन्दा तिब्र गतिमा ब्रोडब्याण्ड सर्भिस भविश्यमा दिन सकिनेछ ।

बेलायतको यसअघिकी प्रधानमन्त्री थेरेसा मेको सरकारले सन् २०३३ सम्म सबै देशभरी नै फाइबर कनेक्सन पुर्याउने लक्ष्य लिएको थियो जसलाई अहिलेका प्रधानमन्त्री बोरिस जोन्सनले कम महत्वाकांक्षी भएको भनेर उडाएका थिए ।

तर अहिले जोन्सनको सरकारका मन्त्रीहरुले नै आगामी ६ वर्षको अवधिपछि मात्रै गीगाफास्ट स्पीड उपलब्ध गराउन सकिने बताएका छन् ।
बेलायतको टेलिकम उद्योगले यसअघि सन् २०२५ सम्म प्रत्येकलाई फूल फाइबर उपलब्ध गराउने बताएको थियो तर त्यसमा सरकारले सहयोग गर्नुपर्ने थियो ।

विश्वभर तीन प्रकारका मुख्य ब्रोडब्याण्ड कनेक्सनहरु प्रयोगमा रहेका छन् । जसमा एडिएसएल, फाइबर टू दि क्याबिनेट, र फाइबर टू दि प्रमिसेज ।

यसमध्ये एडिएसएलमा टेलिफोन एक्सचेन्जदेखि क्याबिनेट हुँदै घरसम्म दुबै तर्फको कनेक्सनमा कपर फोन केबलहरुको प्रयोग गरिएको हुन्छ । त्यस्तै फाइबर टू दि क्याबिनेट कनेक्सनमा भने टेलिफोन क्याबिनेटसम्म अप्टिकल फाइबर केबल हुन्छ भने यूजरको घरसम्म कपर लाइन प्रयोग गरिएको हुन् ।

तर फाइबर टू दि प्रमिसेज अर्थात फाइबर टु दि होममा भने एक्सचेन्जदेखि सडकमा हुने क्याबिनेट हुँदै प्रयोगकर्ताको घरसम्म नै अप्टिकल फाइबरको प्रयोग गरेर कनेक्सन गरिन्छ । तर यो सिस्टममा एक्सचेन्जबाट सिधै यूजरको घरसम्म अप्टिकल फाइबर राखिन्छ र बिचमा साना प्रकारका इन्टरमिडियरी बक्सहरु राखिन्छ जहाँ फाइबर लिंकलाई विभिन्न घरहरुमा लानको लागि स्पीटरको रुपमा प्रयोग गरिन्छ । बीबीसीबाट

Global Bank
easy care

प्रकाशित: १ आश्विन २०७६, बुधबार

ताजा समाचार