Technology Khabar १ आश्विन २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर ओपोले गत साता मात्र आफ्नो नयाँ फास्ट चार्जिंग सिस्टमको घोषणा गरेको थियो । नयाँ चार्जिंग सिस्टम कम्पनीले आफ्नो रेनो एस स्मार्टफोनका साथमा मात्र सार्वजनिक गर्नेछ ।
तर त्यसभन्दा अगाडि नै कम्पनीले आफ्नो नयाँ फास्ट चार्जिंग सिस्टमको फीचर र क्षमताहरुको बारेमा देखाउन चाहेको छ । कम्पनीले आफ्नो नयाँ ६५ वाटको फास्ट चार्जरले कसरी तिब्रगतिमा स्मार्टफोनलाई चार्ज गर्छ भनेर देखाएको छ ।
कम्पनीले सूपरभोक नाम लिएको यो चार्जिंग सिस्टमले गर्ने फास्ट चार्जलाई कम्पनीले आफ्नो वेबो पोस्टमा राखेको छ । जसमा दुईवटा स्मार्टफोनहरु सो सिस्टमबाट केबल ३० मिनेटमा नै चार्ज भएको देखाईएको छ ।
OPPO Reno Ace 65w!
30min 100% 4000mAh pic.twitter.com/5WRBM33N0W— ICE UNIVERSE (@UniverseIce) September 17, 2019
जसमा ओपो रेनो एस स्मार्टफोनको ५० प्रतिशत चार्ज गर्न केलब १० मिनेट लागेको छ । ओपो रेनोसँग यसअघि नै २० वाटको भोक ३.० चार्जर उपलब्ध गराईएको छ, जसले ५० प्रतिशत चार्ज गर्न नै ३० मिनेट लगाउँछ । यो स्मार्टफोनमा ४ हजार एमएएचको ब्याट्री राखिने छ ।
ओपो सुपरभोक ६५ वाट चार्जरले ओपो रेनो एसलाई समग्रमा २५ मिनटेमा चार्ज गर्न सक्दछ ।
गत वर्षपनि कम्पनीले ओपो फाइण्ड एक्सका साथमा ५० वाटको नयाँ चार्जर उपलब्ध गराएको थियो जसले केबल १५ मिनेटमा ओपो फाइण्ड एक्सलाई ५० प्रतिशतसम्म चार्ज गर्न सक्दथ्यो ।
ओपोको नयाँ स्मार्टफोन रेनो एस कहिले रिलिज हुन्छ भन्ने अझै स्पष्ट छैन् । एजेन्सी
प्रकाशित: १ आश्विन २०७६, बुधबार