एप्पलको नयाँ आइफोन ११ सिरिजको माग बढ्दो क्रममा, मिडनाइट ग्रीन कलर धेरै रुचाईयो

Technology Khabar १ आश्विन २०७६, बुधबार

एप्पलको नयाँ आइफोन ११ सिरिजको माग बढ्दो क्रममा, मिडनाइट ग्रीन कलर धेरै रुचाईयो
NTC_Advt

काठमाडौं ।

काठमाडौं ।एप्पलले हालै सार्वजनिक गरेको नयाँ आइफोन ११ सिरिजको लागि प्रि-अर्डर खुला भईसकेको छ । नयाँ आइफोनको लन्च सँगै आइफोनको माग पनि निकै बढ्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।

विश्लेषकहरुले नयाँ आइफोनको घटाईएको मूल्य र नयाँ फीचरहरुका कारण एप्पलले आइफोनको बिक्री बढाउन सक्ने बताएका छन् । बजार विश्लेषक मिंग ची कुओकाअनुसार एप्पल आइफोन सिरिजको माग निकै ससक्त देखिएको छ र अनुमान गरेभन्दा बढि बिक्री हुनसक्नेछ । विशेषगरि चीनमा आइफोन ११ सिरिजको माग निकै बढेपछि समग्र बिक्री पनि बढ्ने अनुमान छ ।

चीनमा आइफोन ११ को माग अधिक रहेको छ भने आइफोन ११ प्रो र प्रो म्याक्सको माग भने अपेक्षाअनुसार नै रहेको छ ।

विश्लेषक कुओले यसअघिको बिक्री अनुमान ६ करोड ५० लाख यूनिटदेखि ७ लाख यूटि आइफोन सिरिज बिक्री हुने उल्लेख गरेका थिए तर त्यसलाई संसोधन गरेर ७ करोड देखि साढे सात करोड यूनिटसम्म बिक्री हुने प्रक्षेपण गरेका छन्।

यसो हुनुमा आइफोनको ट्रेड इन प्रोग्रामहरु संचालन हुनु र मूल्य कम हुनु कारक रहेको छ । आइफोन ११ को ६९९ डलर मूल्यले गर्दा पुराना आइफोन यूजरहरु जसले आइफोन सिक्स, सिक्स एस र आइफोन सेभेन प्रयोग गरिरहेका छन उनीहरु अपग्रेड हुने देखिएको छ ।

यसैबिच आइफोनको कलर अप्सनले पनि बजारमा नयाँ आइफोनको माग बढेको बताईएको छ । विश्लेषकहरुले आइफोनले पहिलो पटक सार्वजनिक गरेको कलर अप्सन मिडिनाइट ग्रीनले यूजरलाई निकै आकर्षित गरिरहेको बताएका छन् ।

मिडनाइट ग्रीन आइफोन ११ प्रोको माग निकै बढेको छ भने आइफोन ११ को ग्रीन र पर्पल कलर पनि रुचाईएको छ । मिडनाइट ग्रीन मोडलहरुलाई ग्लास उत्पादनको समस्याले सताउने चेतावनी दिईएको छ । किनकी सो कलर अप्सन सिमित मात्रामा मात्र उपलब्ध हुनसक्ने अनुमान छ । अमेरिकामा आइफोन ११ प्रोको माग निकै भएको हुँदा मिडनाइट ग्रीन कलरको माग बढेको हो ।

सअघि चीनका अनलाइन साइटहरुमा आइफोनको प्रि अर्डरको लागि ठूलो संख्यामा मानिसहरुले नाम दर्ता गरेको रिपोर्ट आएको थियो ।

आइफोन ११ सिरिज यहि शुक्रबारदेखि बजारमा खुलारुपमा उपलब्ध हुनेछ । एजेन्सी

प्रकाशित: १ आश्विन २०७६, बुधबार