एप्पलले साझेदारसँग मिलेर भारतमा १ बिलियन डलर लगानी गर्ने, आइफोन उत्पादन तिब्र बनाउने

Technology Khabar ३१ भाद्र २०७६, मंगलवार

एप्पलले साझेदारसँग मिलेर भारतमा १ बिलियन डलर लगानी गर्ने, आइफोन उत्पादन तिब्र बनाउने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । टेक कम्पनी एप्पलले भारतमा आफ्नो लगानीलाई बढाउने भएको छ । यसको लागि कम्पनीले भारतीय बजारलाई ध्यानमा राखेर १ बिलियन अमेरिकी डलर लगानी गर्ने भएको हो ।

एप्पलले भारतमा आइफोनको उत्पादनलाई तिब्रगतिमा अगाडि बढाउने गरेर आफ्नो लगानी बिस्तार गर्न लागेको हो । कम्पनीले चीनपछि आफ्नो म्यानुफ्याक्चरिंगलाई भारतमा बिस्तार गर्दैछ ।

यसअघि एप्पलले भारतमा विदेशी कम्पनीहरुलाई रिटेलमा पनि लगानी गर्न दिने नीति आएपछि थप बिस्तार गर्ने योजना लिएको रिपोर्ट आएको थियो । एप्पलले आफ्नो योजनाको बारेमा सुनिश्चित गरेको छ तर त्यो लागू हुन भने केहि समय लाग्ने बताईएको छ ।

अहिले आएको रिपोर्टमा भने कम्पनीले आफ्ना साझेदारहरुमाफर्त १ बिलियन डलर लगानी गर्ने जानकारी छ । यसको लागि फक्सकनलाई लगानीकर्ता साझेदार हुने बताईएको छ भने कम्पनीले भविश्यमा मेड इन इण्डिया प्रडक्टहरु अन्य मुलुकमा निर्यात गर्ने योजना लिएको छ ।

फक्सकन ताइवानमा आधारित कन्ट्र्याक्ट म्यानुफ्याक्चरर कम्पनी हो जो एप्पलको लागि विश्वभर ठूलो प्रडक्टसन पार्टनर पनि हो ।

फक्सकनको फ्याक्ट्री भारतको चेन्नईमा रहेकोछ, जहाँ कम्पनीले केहि आइफोन मोडलहरु उत्पादन गरिरहेको छ ।

शुरुवातमा स्थानिय बजारका लागि उत्पादन शुरु गरेको एप्पलले हाल केहि देशहरुमा पनि भारतमा बनेका आइफोनहरु निर्यात गरिरहेको छ । तर कम्पनीको नयाँ योजना भने भारतीय सरकारबाट सफाई पाएको खण्डमा र निर्यातमा हुने इन्सेन्टिभ्समा आधारित हुने बताईएकोछ । एजेन्सी

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ३१ भाद्र २०७६, मंगलवार