गूगलको पिक्सेल ४ स्मार्टफोन सिरिज अक्टोबर १५ तारिखमा लन्च हुने

Technology Khabar ३१ भाद्र २०७६, मंगलवार

गूगलको पिक्सेल ४ स्मार्टफोन सिरिज अक्टोबर १५ तारिखमा लन्च हुने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । गूगलको पिक्सेल सिरिजको नयाँ स्मार्टफोन आउँदो अक्टोबरमा लन्च हुने भएको छ । निकै लामोसमयदेखि सो स्मार्टफोनको बारेमा विभिन्न जानकारीहरु लीक हुँदै आएका थिए ।

अब भने कम्पनीले अक्टोबर १५ तारिखमा गूगल पिक्सेल ४ स्मार्टफोन सिरिज लन्च गर्ने भएको हो । कम्पनीले न्यूयोर्कमा हुने मेड बाई गूगल इभेन्टको लागि निम्ता पठाउन थालेको छ ।

सोहि इभेन्टमा कम्पनीले पिक्सेल बूक २ र नयाँ गूगल होम स्मार्ट स्पीकरहरु पनि सार्वजनिक गर्ने अनुमान गरिएको छ । गूगल पिक्सेल ४ सन् २०१९ को निकै अपेक्षा गरिएको फोन हो । यसको डिजाइन गूगल आफैंले देखाएको थियो ।

गूगलले पिक्सेल ४ एक्सएल र पिक्सेल ४ एक्सएल ५जी पनि सोहि समयमा लन्च गर्ने अनुमान गरिएको छ । गूगल पिक्सेलमा ९० हर्जको रिफ्रेश डिस्प्ले हुनेछ भने नयाँ क्यामरा यूआई, थ्रीडी फेस अनलक अप्सनलगायतका फीचरहरु राखिने छ ।

Sajilo Visa

प्रकाशित: ३१ भाद्र २०७६, मंगलवार

तपाइको प्रतिक्रिया