यूरोपेली आयोगको कर तिर्ने आदेश विरुद्ध एप्पलद्धारा कानूनी चुनौती, १३ बिलियन यूरोको विवाद

Technology Khabar ३१ भाद्र २०७६, मंगलवार

यूरोपेली आयोगको कर तिर्ने आदेश विरुद्ध एप्पलद्धारा कानूनी चुनौती, १३ बिलियन यूरोको विवाद

काठमाडौं ।

काठमाडौं । विश्वको मूल्यबान टेक कम्पनी एप्पलले यूरोपेली आयोगलाई करको विषयमा जरिवाना लगाउने कानूनी चुनौती दिने भएको छ । एप्पललाई हालै यूरोपेली आयोगले १३ बिलियन यूरो करछलिको आरोपमा तिर्न भनेको थियो ।

एप्पल आयरल्याण्डमा भएको आफ््नो कारोबारमा कर लगाउने विषयमा यूरोपेली संघले सो रकम तिर्न भनेको हो ।

कम्पनीले सो विषयमा लग्जेम्बर्गमा यूरोपेली यूनियनको दोस्रो उच्च अदालतमा हुने सुनुवाईका लागि प्रमुख वित्तीय अधिकारी लुका माएस्ट्रीको नेतृत्वमा ६ सदस्यिय टोली पठाउने अनुमान गरिएको छ ।

सन् २०१६ अगस्टमा कमिसनले सन् १९९१ र २००७ को ट्याक्स रुलिंगले एप्पलको करको समस्यालाई विगत २ दशकदेखि नाटकिय ढंगले घटाउनु गैर कानूनी भएको बताएको थियो ।

यूरोपियन कमिसनका कमिस्नर मारग्रेट भेस्टागेरले एप्पलको आयरल्याण्डमा भएको मूख्य यूनिटले सन् २०१४ मा केबल ०।००५ प्रतिशत मात्र कर तिरेको उल्लेख गरेका थिए ।

तर एप्पलले अहिले आफूले कुनै गलत नगरेको र आइरीस र अमेरिकन ट्याक्स ल मात्र पालना गरेको दाबी गर्ने अनुमान गरिएको छ । यसअघि पनि कम्पनीले एक ब्लगमार्फत यूरोपेली संघको ट्याक्स तिर्ने विषयमा यस्तै दाबी गरेको थियो ।

यो विषयमा आयरल्याण्डले पनि सो कमिसनको अतिरिक्त अधिकारको विषयमा र संघका सदस्यहरुको राष्ट्रिय स्वाभिमानको बारेमा ट्याक्स अफेयरमार्फत हस्तक्षेप गर्न खोजेको भन्दै विरोध गर्दै आएको र हाल संघलाई चुनौती दिने बताईएको छ ।

अर्को यूरोपेली मुलुक लक्जेम्बर्गले पनि आयरल्याण्डलाई थप समर्थन गरिरहेको छ । एजेन्सी

easy care

प्रकाशित: ३१ भाद्र २०७६, मंगलवार