फाइभजी नेटवर्कमा १ जीबिपिएसको अधिकतम डाउनलोड स्पीड पाईने विश्वका प्रमुख ४ देश

Technology Khabar ३१ भाद्र २०७६, मंगलवार

फाइभजी नेटवर्कमा १ जीबिपिएसको अधिकतम डाउनलोड स्पीड पाईने विश्वका प्रमुख ४ देश

काठमाडौं ।

काठमाडौं । विश्वभर फाइभजी टेक्नोलोजी विकास र बिस्तार गर्ने क्रम शुरु भईसकेको छ । विकसित मुलुकहरुले आफ्नो देशमा फाइजी नेटवर्क बिस्तारको गरिरहेका छन भने केहि देशहरुले स्पेक्ट्रम छुट्याउने र ५जीलाई देशमा भित्र्याउन लागेका छन् ।

५जी टेक्नोलोजी मोबाइल उद्योगमा एउटा क्रान्तिको रुपमा आउनसक्ने अवस्था देखिएको छ । जसमार्फत सूचनाहरु अहिलेको प्रविधिभन्दा निकै तिब्ररुपमा पठाउन सकिन्छ ।

अहिलेको फोरजी टेक्नोलोजीमा मेगाबाईट प्रति सेकेण्डमा मात्र डाटा आदान प्रदान गर्न सकिएको बेला ५जीमार्फत गीगाबाईट प्रति सेकेण्डमा पठाउन सकिने भएको छ ।

यसले गर्दा अपलोड र डाउनलोड गर्ने स्पीड पनि बढेको छ भने समय छोटिएको छ ।

हालै मोबाइल नेटवर्क र त्यसको प्रयोगहरुको बारेमा अनुसन्धान गर्ने ओपन सिग्नलले फाइभजीको प्रयोगमा कति तिब्र गतिमा डाटाको प्रयोग गर्न सकिन्छ भन्ने रिपोर्ट प्रकाशित गरेको छ । सो संस्थाले विभिन्न देशहरुमा ५जीको प्रयोगको परीक्षण गर्दै वास्तविकरुपमा ५जी उपलब्ध छ वा छैन भन्ने हेरेको थियो ।

सो रिपोर्टअनुसार ५जी उपलब्ध भएका १२ वटा देशहरुमध्ये केबल ४ वटा देशहरुमा मात्र १ गीगाबाइट प्रति सेकेण्डमा डाउनलोड स्पीड भेटिएको छ ।

यसमध्ये सबैभन्दा अगाडि अमेरिका रहेको छ जसमा १,८१५ मेगाबाइट प्रति सेकेण्ड अर्थात १ जीबीभन्दा पनि धेरै डाउनलोड स्पीड रहेको छ । त्यस्तै अर्को देश अस्ट्रेलियामा भने १,२९२ मेगावाईट प्रति सेकेण्ड, स्वीजरल्याण्डमा १,२४० मेगाबाइट प्रति सेकेण्ड तथा अर्को देश दक्षिण कोरियामा १,१३८ गोबाइट प्रति सेकेण्डको डाउनलोड स्पीड रहेको छ ।

यसबाहेक अन्य मुलुकहरु यूएई फिनल्याण्ड, कुवेत, इटाली, जर्मनी, रोमानिया, स्पेन, बेलायतमा भने न्यूनतम ५९९ मेगाबाइट प्रति सेकेण्डको डाउनलोड स्पीड अनुभव गरिएको थियो । यी देशहरुमध्ये सबैभन्दा कम डाउनलोड स्पीड बेलायतमा देखिएको छ ।

यी देशहरुमध्ये सबैभन्दा स्पीड बढि भएका देशहरुमा मिड ब्याण्ड ५जी स्पेक्ट्रम जोडिएको छ, जसमा ३.४ देखि ३.८ गीगाहर्ज छ भने ५जीको लागि नै उच्च गतिका एमएमवेब अमेरिकी अपरेटरहरुले अहिलेसम्म प्रयोग गरेका छैनन् ।

सो संस्थाले जुलाईमा गरेको अध्ययनको आधारमा अहिले हेर्दा करिब १० प्रतिशतको स्पीड बढिसकेको बताईएको छ तर अमेरिकामा भने अधिकतम स्पीड यसअघिको जति नै रहेको छ ।

हाल फाइभजी नेटवर्कको शुरुवाती चरणमा नै रहेको हुँदा र अन्य देशहरुमा पनि ५जी प्रयोग बढ्ने क्रममा रहेको हुँदा यसको स्पीड अझ बढ्नसक्ने अनुमान गरिएको छ । यसबाहेक हालको सिमित ५जी स्मार्टफोनसहित अन्य थप ५जी स्मार्टफोन फोनहरु पनि बजार उपलब्ध हुन थालेसँगै स्पीड पनि बढ्ने अनुमान छ ।

easy care

प्रकाशित: ३१ भाद्र २०७६, मंगलवार