आफ्नो स्मार्टफोन ब्याट्रीको परफरमेन्स उत्कृष्ट बनाउन चाहनुहुन्छ, यी विषयमा ध्यान राखे पुग्छ

Technology Khabar २९ भाद्र २०७६, आईतवार

आफ्नो स्मार्टफोन ब्याट्रीको परफरमेन्स उत्कृष्ट बनाउन चाहनुहुन्छ, यी विषयमा ध्यान राखे पुग्छ

काठमाडौं । तपाईँको स्मार्टफोनको सबैभन्दा महत्त्वपूर्ण अंश यसको ब्याट्री हो किनकी यदि ब्याट्रीले काम गरिरहेको छैन भने स्मार्टफोनको अरू कुनै फिचरले काम गर्दैनन्।

सही तरिकाले ब्याट्रीको ख्याल गरेर, तपाईँ सजिलैसँग यो निर्णय गर्न सक्नुहुनेछ कि तपाईंको डिभाइसको ब्याट्री मात्र फास्ट चार्ज हुँदैन, त्यसले लामो ब्याकअप पनि दिन्छ।

पछिल्ला केही वर्षहरूमा ब्याट्री टेक्नोलोजीमा ठूलो परिवर्तनहरू नदेखिएको भएपनि राम्रो कुरा के हो भने स्मार्टफोनमा प्रयोग हुने लिथियम-आयन ब्याट्री पहिलेको भन्दा अधिक समयसम्म टिक्ने र सुरक्षित भएको छ।

यदि तपाई आफ्नो स्मार्टफोनको ब्याट्री स्वस्थ राख्न चाहानुहुन्छ भने तपाईले केहि विषयहरुमा ध्यान दिनु पर्नेछ।

लिथियम-आयन ब्याट्रीमा हुने रासायनिक प्रतिक्रियासँग सम्बन्धित एउटा विषय भनेको छोटो अवधिको चार्ज यसको लागि उत्तम हो। यस अवस्थामा तपाईको उपकरणको ब्याट्री पूर्ण रूपले सकिएर फेरि पूरा चार्ज गर्नुभन्दा यसलाई पूर्ण डिस्चार्ज हुन दिनुहुँदैन्। यस्तो गर्दा तपाईको डिभाइसको ब्याट्रीलाई कुनै क्षति हुनेछैन, तर यसले निश्चित रूपमा ब्याट्रीको जीवन घटाउने जोखिमलाई बढाउँछ।

तपाईँको स्मार्टफोनको ब्याट्री ५० प्रतिशत र ८० प्रतिशत बीचमा राख्नु बुद्धिमानी हो भने फोनको ब्याट्रीलाई २० प्रतिशत भन्दा तल जान नदिनुहोस्।

ब्याट्रीको तापमानको ध्यान राख्नुहोस्

स्मार्टफोनको ब्याट्री तापमानले पनि यसको ब्याकअप र स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्दछ। यदि तपाईंको उपकरणको तापमानले एक निश्चित सीमा नाघ्यो भने फोन स्वत बन्द हुन्छ।

बारम्बार तपाईं आफ्नो डिभाइसको तापक्रम जाँच गर्न सक्नुहुन्न तर यो महत्त्वपूर्ण हो कि यदि तपाईं यस्तो ठाउँमा हुनुहुन्छ जहाँ तापक्रम अत्यधिक बढि वा अत्यधिक कम छ भने, तपाईंको उपकरणलाई ब्रेक दिनुहोस्।

तपाईंको स्मार्टफोनलाई घाममा राख्ने वा कारको ड्यासबोर्डमाथि राख्ने काम पनि कहिले नगर्नुस्। तपाईंको डिभाइसको अत्यन्तै उच्च तापमानले ब्याट्रीलाई यस्तो किसिमले क्षति पुर्‍याउँछ कि तपाईंले आफ्नो डिभाइस वा यसको ब्याट्री आवश्यक समय भन्दा पहिले नै बदल्नु पर्ने हुन्छ।

स्ट्याण्डर्ड चार्जर सबैभन्दा उपयुक्त

स्मार्टफोनको लागि वायरलेस चार्जिंग टेक्नोलोजी र वा फास्ट चार्ज आइसकेको छ तर पनि यो स्ट्याण्डर्ड चार्जरद्वारा चार्ज गर्नु नै उत्कृष्ट विकल्प हो। यस्तो अवस्थामा तपाईँको फोनको ब्याट्री स्ट्याण्डर्ड चार्जरको सहयोगमा वा ल्यापटप-पीसीको युएसबी पोर्टमा प्लग इन गरेर चार्ज गर्नु महत्त्वपूर्ण छ।

यो होइन कि फास्ट चार्ट टेक्नोलोजी खराब हो वा यसले तपाईंको स्मार्टफोनलाई हानी गर्दछ, तर लिथियम-आयन ब्याट्रीहरूको लागि, ढिलो र निरन्तर उपलब्ध हुने इनपुट नै राम्रो हुन्छ।

यो सधैं सम्भव हुँदैन कि तपाईँसँग धेरै समय छ, तर जतिबेला सम्भव हुन्छ, तपाईँको डिभाइसलाई आरामसँग सोहि फोनको आधिकारिक चार्जरबाट चार्ज गर्नुहोस जसबाट ब्याट्रीले चार्ज हुन पूरै समय पाउन सक्दछ।

आधा चार्जमा स्मार्टफोन राख्नुहोस्

यदि तपाईँ आफ्नो स्मार्टफोनलाई लामो अवधिसम्म नचलाईकन राख्न लागिरहनु भएको छ भने  त्यसको ब्याट्री चार्ज पुरै हटाउनु वा पुरै चार्ज गर्नुको साटो त्यसको ब्याट्रीलाई आधा चार्ज गर्नु राम्रो हुन्छ ।

यसका साथै, तपाईँले आफ्नो डिभाइसलाई कम्पनीले दिएको फोन केसमा मात्र राख्नुस जुन आधिकारिक ब्रान्डहरूद्वारा डिजाइन गरिएको होस् । किनकि प्राय जसो यो देखिएको छ कि डिभाइसको तापक्रम केसको कारण बढ्दछ र यसको असर चार्जको बखतमा अझै देखिन्छ।

यसबाहेक तपाईँको डिभाइसमा सफ्टवेयर अपडेट राख्नुका साथै अडेप्टिव ब्राइटनेस अडेप्टिव ब्याट्री जस्ता फीचरहरु अन राख्नुहोस् ।

केही यस्ता तरिकाहरू छन् जसले गर्दा ब्याट्रीले लामो लाइफ पाउन सक्दछ। यी सबै बाहेक, तोकिएको समयपछि तपाईँको स्मार्टफोनको ब्याट्री परिवर्तन गर्नु राम्रो हुन्छ।

TK Viber

प्रकाशित: २९ भाद्र २०७६, आईतवार

Loading...