स्मार्टफोन गेमरहरुका लागि नूबिया रेड म्याजिक ३ स्मार्टफोन नेपालमा आउँदै, कति पर्ला मूल्य ?

Technology Khabar २९ भाद्र २०७६, आईतवार

स्मार्टफोन गेमरहरुका लागि नूबिया रेड म्याजिक ३ स्मार्टफोन नेपालमा आउँदै, कति पर्ला मूल्य ?
Classic Tech

काठमाडौं । नूबिया ब्राण्डले नेपाली यूजरहरुलाई ध्यानमा राख्दै नयाँ मोडलको स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले नूबिया रेड म्याजिक ३ स्मार्टफोन नेपालमा लन्च गर्न लागेको हो ।

नेपाली बजारमा नूबियाको फोनहरु आधिकारीकरुपमा आयात तथा बिक्री गर्ने आईटिपी नेपाल प्रालिले दशैंलाई ध्यानमा राखेर नयाँ स्मार्टफोन ल्याउन लागेको हो ।

कम्पनीले नूबिया रेड म्याजिक ३ यहि वर्षको मे महिनामा लन्च भएको पछिल्लो स्मार्टफोन हो । विशेषगरि स्मार्टफोनमा गेम मन पराउनेहरुका लागि भनेर कम्पनीले रेड म्याजिक ३ ल्याउने तयारी गरेको हो ।

यो स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ८५५ अक्टाकोर प्रोसेसर राखिएको छ भने लिक्विड कुलिंगका साथै इन्टरनर फ्यान पनि रहेको छ । यसमा एड्रेनो ६४० जीपीयू रहेको छ ।

फोनमा ६.६५ इन्चको फूलएचडी प्लस एमोलेड डिस्प्ले राखिएको छ जसमा ९० हर्जको रिफ्रेस रेटसहितको स्क्रीन छ । यसको रिजोल्यूशन १०८०ह२३४० पिक्सेल रहेको छ । डिस्प्लेलाई कोर्निंग गोरिल्ला ग्लासले सुरक्षित पारिएको छ ।

फोनमा गेम परफरमेन्सलाई उत्कृष्ट बनाउनका लागि फ्रन्ट फायरिंग स्टेरियो स्पीकरहरु रहेको छ । यसमा गेमको लागि डेडिकेटेड गेमिंग मोड पनि रहेको छ ।

फोनमा ५,००० एमएएचको ब्याट्री प्याकका साथमा क्विक चार्ज फोर प्लस चार्जिंग टेक्नोलोजी रहेकोछ।

यसमा ४८ मेगापिक्सेलको रियर क्यामरा तथा १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

यो फोनको तीनवटा भेरिएन्टहरु ६जीबी र्याम ६४ जीबी स्टोरेज, ८ जीबी र्याम १२८ जीबी स्टोरेज तथा १२ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेका छन् । तर नेपाली बजारमा कुन भेरिएन्ट आउँछ भन्ने अझै स्पष्ट जानकारी छैन् । तर संभवत ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरिएन्ट आउन सक्ने अनुमान छ ।

नेपाली बजारमा यो स्मार्टफोनको बजार मुल्य ६० हजारदेखि ६३ हजारको बिचमा हुनसक्ने छ ।

प्रकाशित: २९ भाद्र २०७६, आईतवार

Comments are closed.

Loading...