एलजी फेरी ट्याबलेट बजारमा प्रवेश गर्दै, कम्पनी एलजी जी प्याड ५ ट्याबलेट ल्याउने तयारीमा

काठमाडौं । दक्षिण कोरियाली कम्पनी एलजीले ट्याबलेट बजारमा ल्याउन छोडेको धेरै समय भईसकेको छ । तर अझै पनि कम्पनीले हरेस खाएको छैन् । हालै एलजीको नयाँ ट्याबलेटको बारेमा जानकारी आएको छ ।

एलजीले फेरी नयाँ ट्याबलेट बजारमा ल्याउन काम गरिरहेको छ । कम्पनीले एलजी प्याड ५ नाममा नयाँ ट्याबलेट ल्याउने भएको हो । सो ट्याबलेटमा कम्पनीले कम्पनीले क्वालकम स्न्यापड्रागन ८२१ चीपसेट प्रयोग गर्ने भएको छ जून ३ वर्ष पुरानो प्रोसेसर हो ।

एलजी जी प्याड ५ मा १०.१ इन्चको फूलएचडी डिस्प्ले राखिएको छ । सो ट्याबलेटले गूगल सर्टिफिकेसन पास गरेको छ भने यसमा६००० वा ८,२०० एमएएचको ब्याट्री प्याक हुनेछ । संभवत कम्पनीले यो मोडलको विभिन्न भेरिएन्टहरु सार्वजनिक गर्नेछ ।

एन्ड्रोयड ९.० पाईमा आधारित हुने सो ट्याबलेटमा एलटिई र फिंगरप्रिन्ट राखिएको छ भने एनएफसी छैन् । त्यसैगरि ४ जीबी र्यामका साथमा ३२ जीबीको आन्तरिक स्टोरेज हुनेछ ।

यो ट्याबलेटको लीक भएको फोटो हेर्दा यसको बेजेल निकै मोटो छ भने फ्रन्ट क्यामरा माथिल्लो ठिक बिच भागमा रहेको छ । यसको रियर साइडको तस्वीर भने आएको छैन् ।

गूगलका अनुसार विश्वभर १७५ मिलियन एन्ड्रोयड सर्टिफाईड ट्याबलेटहरु रहेका छन् । जसमध्ये अधिकांश सस्ता र मिड रेन्ज बजेटका छन् । तर एन्ड्रोयडमा आधारित हाई एण्ड ट्याबलेटहरु भने निकै कम मात्र रहेका छन् । त्यसैले पनि एलजीले नयाँ ट्याबलेट उच्च तहमा ल्याउने संभावना रहेको छ । एजेन्सी