यूट्यूब म्यूजिकमा विज्ञापन गरेर र्याकिंग बढाउनेलाई रोक, यूट्यूबले लगायो नयाँ नियम

Technology Khabar २८ भाद्र २०७६, शनिबार

यूट्यूब म्यूजिकमा विज्ञापन गरेर र्याकिंग बढाउनेलाई रोक, यूट्यूबले लगायो नयाँ नियम
NTC_Advt

काठमाडौं ।

काठमाडौं । यूट्यूबमा विभिन्न गीत, संगीतका भिडियोहरु राखेर आम्दानी गर्ने क्रम बढिरहेको छ । अझ ती भिडियोहरुलाई विज्ञापनमार्फत बुष्ट गरेर माथिल्लो र्याङ्किगमा ल्याएर आम्दानी गर्नेहरुको संख्या पनि बढिरहेको छ । नेपालमा पनि ‍यूट्यूबमा भिडियो बुस्ट गरेर आम्दानी गर्नेहरु पनि निकै रहेका छन् ।

तर अब भने भिडियोहरु बुस्ट गरेर म्यूजिक चार्टहरुमा प्रभावित पारेर आम्दानी गर्नेहरुलाई यूट्यूबले बन्द गराउने भएको छ । यूट्यूबले भिडियो प्रयोगकर्ताहरुलाई पेड भ्यू र विज्ञापनमार्फत प्रभावित गर्ने यूट्यूब म्यूजिक चार्टसलाई अनुमति नदिने घोषणा गरेको छ । यूट्यूबले अब केवल सो म्यूजिक चार्टसलाई अर्गानिक भ्यूको आधारमा मात्र र्याकिंग गर्ने भएको छ ।

यसका साथै कम्पनीले २४ घण्टा रेकर्ड आवरको आधारमा हुने रिपोर्टिंग प्रकृयालाई पनि परिवर्तन गर्दै अर्गानिक स्रोतको आधारमा मात्र र्याकिंग गर्ने भएको छ । जसमा भिडियोमा हुने सिधा लिंक, सर्च रिजल्ट, वाच नेक्स्ट र ट्रेण्डिंगलाई समावेश गर्ने भएको छ तर त्यसमा भिडियो विज्ञापनहरुलाई भने समावेश गर्ने छैन् ।

यूट्यूबको यो परिवर्तन विभिन्न रिपोर्टहरुको परीक्षण पछि आएको हो जसमा म्यूजिक लेबल्सहरुले कसरी आफ्नो कलाकारहरुको नयाँ डेब्यू भिडियोहरुमा कसरी आक्रामकरुमा खर्च गरेर त्यसको भ्यू बढाउन प्रयास गरिरहेका छन उल्लेख छ ।

यसअघि रोलिंग स्टोनले कसरी भिडियोहरुमा यूट्यूबको ट्रूभ्यू एडले काम गर्दछ भन्ने उल्लेख गरेको थियो । यस्तो बुष्टिंग गर्ने कार्य विभिन्न म्यूजिक कम्पनीहरुले गर्दै आएका छन् ।

अब यूट्यूबले भने नयाँ परिवर्तन २४ घण्टाभित्र लागू हुने र यो सबै प्रकारका म्यूजिक चार्टहरुमा लागू हुने जनाएको छ । यसको अर्थ यूट्यूबको चार्ट यांकिंगमा विज्ञापन गरिएका वा अर्गानिक नभएका भ्यूहरुले कुनै योगदान नगर्ने उल्लेख गरेको छ । यसले गर्दा यूट्यूबको म्यूजिक चार्ट रेकर्डमा पनि परिवर्तन हुनसक्ने बताईएको छ ।

‘यूट्यूबको समग्र मिसन भनेको हरेकको आवाजलाई स्थान दिनु हो र उनीहरुलाई विश्वभर देखाउनु हो । हामी सबै कलाकारहरुको विश्वभरका फ्यासहरुमार्फत गरिएको उनीहरुको प्रयासलाई सेलेब्रेट गर्नेछौं,’ यूट्यूबले भनेको छ ।

माध्यम

प्रकाशित: २८ भाद्र २०७६, शनिबार