गूगलले डिजिटल ट्याक्स बापत फ्रान्स सरकारलाई १ बिलियन यूरो तिर्न तयार

Technology Khabar २७ भाद्र २०७६, शुक्रबार

गूगलले डिजिटल ट्याक्स बापत फ्रान्स सरकारलाई १ बिलियन यूरो तिर्न तयार

काठमाडौं ।

काठमाडौं । गूगलले फ्रान्सको नियमनकारी निकायलाई गत वर्ष भएको धोकाधडीको मामलामा १ बिलियन यूरो तिर्न तयार भएको छ । गूगलले आफ्नो स्थानिय व्यवसायको ड्यू रकम तिर्न असक्षम भएको आरोपमा करिब ४ वर्षअघिदेखि विवाद शुरु भएको थियो ।

फ्रेन्च अनुसन्धानकर्ताहरुले यूरोपियन हेडक्वाटर डब्लिनमा रहेको गूगलको कार्यालयले फ्रेन्च सरकारलाई देशभित्र गरेको वित्तीय गतिबिधिहरु घोषणा नगरेको भन्दै आरोप लगाएका थिए ।

तर अहिले आएर गूगल र फ्रेन्च सरकारबिच सहमति भएको छ । जसअन्तरगत गूगलले ५०० मिलियन यूरोमा र बाँकी ४६५ मिलियन यूरो अतिरिक्त करको रुपमा तिर्न तयार भएको हो ।

अल्फाबेट ईंक अन्तरगतको कम्पनी गूगलले अधिकांश यूरोपेली देशहरुमा निकै थोरै मात्र रकम तिर्ने गरेको र सम्पूर्ण जस्तो बिक्री आयरल्याण्डमा गर्ने रिपोर्ट प्रस्तुत गरेको थियो । अन्तराष्ट्रिय कर कानूनको कमजोरीको फाइदा गूगलले उठाउँदै आएको थियो ।

गूगलले यसअघिका सम्पूर्ण समस्याहरु र विवादहरु समाधान गर्ने सहमति गरेको गूगलले उल्लेख गरेको छ ।

यसअघि सन् २०१६ मा गूगलको पेरिस स्थीत कार्यालयमा फ्रेन्च अधिकारीहरुले छापामार्दा कम्पनीले करिब १.६ बिलियन यूरो भन्दा थोरै कर तिरेको भेटेको थियो ।

पछिल्ला दिनहरुमा यूरोपियन यूनियनका सदस्य देशहरुमध्ये फ्रान्स सरकार ठूला टेक कम्पनीहरुलाई डिजिटल ट्याक्स लगाउने बिषयमा कठोर हुँदै आएको छ । एजेन्सी

easy care

प्रकाशित: २७ भाद्र २०७६, शुक्रबार

ताजा समाचार