Technology Khabar २६ भाद्र २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । छिमेकी मुलुक भारतको सरकारले यहि वर्षको नोभेम्बर महिनाको अन्त्यसम्ममा फाइभजीको लागि स्पेक्ट्रम अक्सन पुरा गर्ने भएको छ ।
भारतमा दूरसंचार क्षेत्रको नियमनकारी निकाय टेलिकम्स रेगुलटोरी अर्थोरिटी अफ इण्डिया(ट्राई)ले यसअघि प्रस्ताव गरेको रकम नै अक्सनका लागि आधार मूल्य हुने बताईएको छ । यो अक्सनको प्रकृया सेप्टेम्बरको तेस्रो साताभित्र टुंगोमा पुग्ने बताईएको छ ।
भारतीय टेलिकम कम्पनीहरुका लागि ट्राइले प्रस्ताव गरेको अक्सन मूल्य निकै चुनौतीपूर्ण हुनेछ भने त्यसमा न्यूनतम सेवाको बाध्यकारी व्यवस्था पनि तोकिएको हुनेछ ।
यसअघि नै ट्राइले आगामी दुई वर्षमा स्पेक्ट्रमको अक्सनबाट मात्रै ८४ बिलियन डलर उठाउने उद्धेश्य लिएको छ । तर ट्राईले तोकेको अक्सन मूल्य अत्यधिक बढि भएको भन्दै प्रस्ताविन मूल्यलाई संसोधन नगरेसम्म भारतीय कम्पनीहरु भोडाफोन आईडिया र एयरटेल दुबैले सो अक्सन बाईकट गर्ने चेतावनी दिईरहेका छन् ।
भारती एयरटेलका एक उच्च अधिकारीको भनाईअनुसार ती स्पेक्ट्रम अहिलेको अवस्थामा खरिद गर्नुको कुनै औचित्य छैन जबकी ईको सिस्टम विकास गर्न नै आगामी दुईदेखि तीन वर्ष लाग्नेछ, रिपोर्टमा भनिएको छ ।
यसअघि नै एक कार्यक्रममा एयरटेलका सिईओ गोपाल भिट्टलले भारतीय अपरेटरहरुलाई यो क्षेत्रमा निरन्तर सेवा दिईरहनका लागि कम्तिमा प्रत्येकलाई १ हजार मेगाहर्जको स्पेक्ट्रम आवश्यक पर्दछ ।
भारतीय अपरेटरहरु प्रत्येकलाई ५जी सहिरुपमा संचालन गर्न कम्तिमा १ हजार मेगाहर्ज आवश्यक पर्दछ, उच्च ब्याण्डहरुमा एमएमवेब स्पेक्ट्रम खुला गर्न धेरै कामहरु गर्नुपर्ने बाँकी छ, उनले भने ।
उनकाअनुसार ३.५गीगार्ह ब्याण्डमा प्रत्येक अपरेटरलाई ७५ देखि १०० मेगाहर्ज ब्याण्डविथ आवश्यक पर्दछ नत्र भने फोनमा ५जी आइकन देखिएपनि त्यो साँच्चिकैमा फोरजी अनुभव मात्र हुनेछ । एजेन्सी
प्रकाशित: २६ भाद्र २०७६, बिहीबार