एलजीको फोल्डेबल फोनको पेटेन्ट दर्ता, यस्तो छ डिजाइन

Technology Khabar २६ भाद्र २०७६, बिहीबार

एलजीको फोल्डेबल फोनको पेटेन्ट दर्ता, यस्तो छ डिजाइन
NTC_Advt

काठमाडौं ।

काठमाडौं । फोल्डेबल फोनहरु बिस्तार बजारमा प्रवेश गरिरहेका छन् तर अझैपनि तिनिहरुको विकासमा कठिनाई हुँदै आएको छ ।

सामसंग र ह्वावेले लन्च गरेका फोल्डेबल स्मार्टफोनहरुको रिकलले नै ती फोनहरुको विकास र परीक्षणमा हुने कठिनाईलाई देखाएको छ ।

तर अझैपनि फोल्डेबल फोन उत्पादन गर्ने कम्पनीहरुको उत्साह कम भएको छैन् । दक्षिण कोरियाली कम्पनी एलजीले पनि आफ्नो फोल्डेबल फोनमा काम गरिरहेको छ । हालै कम्पनीको फोल्डेबल फोनको पेटेन्ट देखिएको छ जसमा डिस्प्ले साँच्चिकै रोलेबल हुन्छ ।

नयाँ पेटेन्ट कोरियन इन्टेलेक्च्यूअल प्रपर्टी अफिसमा सन् २०१८ अक्टोबरमा दर्ता भएको हो । तर यो सो पेटेन्टअनुसार हेर्दा डिभाइस स्मार्टफोनको साइजमा रहेको छ । तर यसलाई अझ ठूलो साइजमा बनाउन सकिन्छ । पेटेन्टअनुसार यो फोनको डिस्प्ले फोनको हाउजिंगमा घुमाएर राख्न सकिन्छ भने यसलाई खोल्दा ट्याबलेटको भन्दा ठूलो साइजमा देखिन्छ ।

पेटेन्टमा यसको स्क्रीन कसरी राखिएको छ भन्ने थाहा हुँदैन तर पेटेन्ट हेर्दा त्यसमा कुनै बटन वा कनेक्सनहरु देखिँदैन् ।

यसअघि एलजीले रोलेबल स्क्रीन भएको टेलिभिजन पनि प्रदर्शन गरिसकेको छ ।

प्रकाशित: २६ भाद्र २०७६, बिहीबार