फाइभजी स्मार्टफोनको बजार बढ्दोक्रममा, सन् २०२० मा करिब ९ प्रतिशत बजार हिस्सा पुग्ने प्रक्षेपण

Technology Khabar २६ भाद्र २०७६, बिहीबार

फाइभजी स्मार्टफोनको बजार बढ्दोक्रममा, सन् २०२० मा करिब ९ प्रतिशत बजार हिस्सा पुग्ने प्रक्षेपण
सांकेतिक तस्बिर

काठमाडौं ।

काठमाडौं । हालै सार्वजनिक भएको स्मार्टफोन बजारको रिपोर्टअनुसार २०२० सम्ममा कुल स्मार्टफोन बिक्रीको ८.९ प्रतिशत हिस्सा ५जी स्मार्टफोनले लिनेछ ।

मोबाइल फोनको बजारबारे अनुसन्धान गर्ने संस्था आईडिसीले सार्वजनिक गरेकोरिपोर्टअनुसार सन् २०२३ सम्ममा १२३.५ मिलियन फाइभजी स्मार्टफोनहरुको बिक्री हुनेछ र यो हिस्सा २८.१ प्रतिशत हुनेछ ।

रिपोर्टले सन् २०१९ को दोस्रो अर्धवार्षिकसम्ममा स्मार्टफोन बजारमा बिस्तारै सुधारको संकेतहरु देखिएको छ । त्यस्तै सन् २०२०मा स्मार्टफोन बजार वृद्धिउन्मुख हुने अनुमान छ ।

आईडीले सन् २०१९ को दोस्रो अर्ध वार्षिकभित्र स्मार्टफोन सिपमेन्टमा ०.४ प्रतिशतको कमी आउनेछ । यसअघि यहि वर्षको पहिलो दुई चौमासिकमा यस्तो कमी २.३ प्रतिशत र ६.८ प्रतिशतसम्म रहेको थियो । सन् २०१९ मा समग्रमा स्मार्टफोन बजारमा २.२प्रतिशतको कमी आउने अनुमान गरिएको छ भने सन् २०२० मा आपूर्ति बढेर १.६ प्रतिशतले वृद्धि हुनेछ ।

आईडिसीका ग्लोबल मोबाइल डिभाइस ट्रयाकिंग प्रोग्रामका भाइस प्रेसिडेन्ट रायन रेईथले अहिले स्मार्टफोनको बजार घट्दो क्रममा रहेको र ५जी स्मार्टफोनले मात्रै त्यसलाई बचाउन नसक्ने बताए । उनले ५जीको वृद्धिसँगैस्मार्टफोनहरुमा ४जीका साथै अझ बढि प्रतिस्थापन हुनेछ ।

फाइभजी स्मार्टफोनको मूल्य अझ नघटेसम्म वा सो प्रविधि सस्तो स्मार्टफोनहरुमा नआएसम्म बजार नबढने अनुमान गरिएको छ । साथै छिटोमा सन् २०२० को शुरुवातसँगै मिडरेन्ज स्मार्टफोनहरुमा हुने ६ गीगाहर्ज ५जी स्मार्टफोनको फराकिलो दायरा देखिने अपेक्षा गरिएको छ ।

easy care

प्रकाशित: २६ भाद्र २०७६, बिहीबार