अपटेड समाचार

सन् २०१९ भित्र विश्वभर १ लाख फाइभजी बेस स्टेशन आपूर्ति गर्ने जेडटिईको योजना

काठमाडौं । विश्वभर ५जी नेटवर्क जडान गर्ने र ५जीको प्रयोगमा वृद्धि भएसँगै यसको व्यवसायमा पनि बिस्तार हुँदै गएको छ ।

हालै चिनियाँ टेलिकम उत्पादक कम्पनी जेडटिईले विश्वभर ५० हजार भन्दा बढि ५जी बेस स्टेसनहरु बिक्री गरेको जानकारी दिएको छ । कम्पनीले यो वर्षको अन्न्त्यसम्ममा १ लाख भन्दा बढि बेस स्टेशनहरु उपलब्ध गराउने योजना लिएको छ ।

चीनमा मात्रै ५जी टर्मिनलहरुको आपूर्ति पहिलेको भन्दा निकै बढेको छ । त्यसैले ह्वावे, जेडटिई र अन्य ओईएम कम्पनीहरु त्यसमा निकै मेहनत गरिरहेका छन् ।

चीनमा मात्रै विभिन्न ११ शहरहरुमा ५जी बेस स्टेशनहरु जडान गर्ने मिति तय भएको छ जसमा बेजिंग, सांघाई, ग्वांगझोउ, शेनझेन, तिआनजेनलगायत रहेका छन् । यी शहरहरुमध्ये बेजिंगमा मात्रै १० हजार भन्दा बढि ५जी बेस स्टेशनहरु सन् २०१९ सम्ममा बनाईसक्ने अपेक्षा गरिएको छ भने २०२० सम्मा त्यसलाई २० हजार ५जी बेस स्टेशन पुर्याईने छ ।

अर्को शहर ग्वांगझाउमा पनि सन् २०१९ सम्ममा २० हजार ५जी बेस स्टेशन जडान हुनेछ भने सन् २०२१ भित्रमा ६५ हजार ५जी बेस स्टेशन लगाउने योजना राखिएको छ । शेनझेनमा भने सन् २०१९ को अन्त्यसम्ममा १५ हजार ५जी बेस स्टेशनहरु निर्माण गरिसकिने बताईएको छ ।

५जी बेस स्टेशन आपूर्तिको क्षेत्रमा जेडटिई भन्दा अर्को चिनियाँ कम्पनी ह्वावे अगाडि रहेको छ । कम्पनीले विश्वभर ५० वटा ५जी कमर्शियल सम्झौता भएको र २ लाख ५जी बेस स्टेशनहरुको लागि सहमति गरिरहेको बताएको छ । एजेन्सी

Leave a Reply