Technology Khabar २५ भाद्र २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । एप्पलले आफ्नो बहुप्रतिक्षित आइफोन ११ सिरिजमा तीन नयाँ आइफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले नयाँ आइफोनहरुमा नयाँ फीचरसहित ल्याएको छ भने त्यसको मूल्य पनि केहि कम गरेको छ ।
एप्पलको बेस आइफोन ११ को मूल्य नै गत वर्ष सार्वजनिक भएको एक्सआरको भन्दा करिब ५० डलर सस्तो तोकिएको छ । कम्पनीले नयाँ आइफोन सार्वजनिक गरेसँग र त्यसको मूल्यको बारेमा बताएसँगै पुराना आइफोनहरुको पनि मूल्यमा उल्लेख्य कटौती गरेको छ ।
आइफोन ११ को मूल्य नै पुरानो आइफोन एक्सआरको भन्दा सस्तो घोषणा गरेपछि कम्पनीले पुरानो आइफोन एक्सआरलाई अझै सस्तो मूल्यमा बिक्री गर्ने भएको छ । यसबाहेक कम्पनीले आइफोन ८ को पनि मूल्य घटाएको छ । यी दुई आइफोनहरु हालै सार्वजनिक भएको आइफोन ११ जेनेरेशनका फोनहरुको विकल्पमा सस्तो आइफोनको रुपमा पेश गरिएको छ ।
एप्पलले आइफोन एक्सआरको मूल्य ६४ जीबीको लागि न्यूनतम मूल्य ५९९ डलर तोकेको छ । यो मूल्य यूरोपमा भने करिब ७०० यूरो पर्न आउँछ भने नेपाललगायतका बजारमा भने डेढ गुणा सम्म मूल्य पर्न आउँछ ।
कम्पनीले दुई वर्ष पुरानो आइफोन ८ को पनि मूल्य घटाएर अब न्यूनतम मूल्य ४४९ डलर तोकेको छ ।
एप्पलले यी दुबै फोनहरुको मूल्य घटाएको जानकारी नयाँ आइफोन लन्च इभेन्टमा नै दिएको हो ।
यी पुराना मोडलका आइफोनहरुमा अझै सफ्टवेयर अपडेट आउने र नयाँ फीचरहरु समेत उपलब्ध हुने भएपछि यी फोनहरुमा अझै ग्राहकहरुको आकर्षण बढ्नेछ ।
प्रकाशित: २५ भाद्र २०७६, बुधबार