अपटेड समाचार

फोटोमार्फत नेपाललाई चिनाउन फोटोनेपाल डट ट्राभल वेबसाइट सञ्चालनमा

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालका पर्यटकिय फोटोहरुमार्फत नेपाललाई चिनाउन फोटोनेपाल डट ट्राभल नामक वेबसाइट सञ्चालनमा ल्याएको छ ।

बोर्डले फोटोमार्फत नेपाल चिनाउने उद्देश्यले उक्त वेबसाईट संचालनमा ल्याएको र पर्यटन प्रबद्र्धनको नयाँ च्याप्टर शुरु भएको कार्यकारी अधिकृत दिपकराज जोशीले जानकारी दिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सो वेबसाइट मंगलबार एक कार्यक्रमकाबीच उद्घाटन गरे । वेबसाइट शुभारम्भ गर्दै मन्त्री भट्टराईले फोटोनेपाल डट ट्राभलले भ्रमण बर्ष २०२० लाई सहयोग पुग्ने अपेक्षा राखे।

बोर्डले विगत ४ वर्षदेखि फोटो नेपाल अभियान संचालन गरिरहेको छ । सो प्लेटफर्ममा व्यवसायीक तथा शौखिन फोटोग्राफरहरुले खिचेका फोटोहरु राखिने छ । जसमा फोटोग्राफरहरु र बिजनेस क्लाइन्टहरुको सम्पर्क ठेगानासमेत हुनेछ ।

सो फोटोनेपाल प्लेटफर्ममा हाल १ हजार भन्दा बढि फोटोहरु राखिएको पर्यटन बोर्डले जानकारी दिएको छ ।

Leave a Reply