एप्पलको इभेन्ट अगाडि डाउनभयो एप्पल स्टोर, आज राती आइफोन ११ सिरिज लन्च हुँदै

Technology Khabar २४ भाद्र २०७६, मंगलवार

एप्पलको इभेन्ट अगाडि डाउनभयो एप्पल स्टोर, आज राती आइफोन ११ सिरिज लन्च हुँदै

काठमाडौं ।

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले आफ्नो आधिकारिक वेबसाइट डाउन गरेको छ । कम्पनीको एप्पल स्टोर आजको इभेन्ट अगाडि अस्थाईरुपमा डाउन भएको हो ।

एप्पले आफ्नो नयाँ डिभाइसहरु लन्च गर्नुभन्दा अगाडि सँधै यसरी आफ्नो वेबसाइट एप्पल स्टोर अपडेटका लागि डाउन गर्ने गर्दछ ।

कम्पनीले आज बेलुका नै नयाँ मोडलका आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । एप्पलले यसअघि नै घोषणा गरेको एप्पल इभेन्ट आजराती नेपाली समयअनुसार १० बजेर ४५ मिनेटदेखि शुरु हुनेछ ।

कम्पनीको आजको इभेन्टको स्लोगन बाई इन्नोभेसन ओन्ली रहेको छ । यसमा नयाँ चीपसेटका साथमा अपग्रेड गरिएको क्यामरा सेटअपसहितको आइफोनहरु आउने अपेक्षा छ ।

यसबाहेक कम्पनीले एप्पल वाचको नयाँ भर्सन तथा आइप्याड लन्च गर्नसक्ने अनुमान गरिएको छ । त्यसैगरि कम्पनीले आफ्ना अन्य सेवाहरुको बिस्तारको समेत घोषणा गर्ने अनुमान गरिएको छ ।

एप्पलको सो इभेन्ट आफ्नो एप्पल डिभाइसबाट हेर्न सकिन्छ भने वेबसाइटमा एप्पल स्टोरमा गएर वा एप्पलको आधिकारीक यूट्यूब च्यानलबाट पनि लाइभ हेर्न सकिन्छ ।

Global Bank
easy care

प्रकाशित: २४ भाद्र २०७६, मंगलवार

ताजा समाचार