राष्ट्र बैंकले बै‌कहरुलाई आईटी अडिट गरी समस्या सम्बोधन गर्न भन्यो, भुक्तानी गर्दा प्रणाली जाँचको निर्देशन

Technology Khabar २४ भाद्र २०७६, मंगलवार

राष्ट्र बैंकले बै‌कहरुलाई आईटी अडिट गरी समस्या सम्बोधन गर्न भन्यो, भुक्तानी गर्दा प्रणाली जाँचको निर्देशन
फाइल

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुमतिपत्र प्राप्त सम्पूर्ण वित्तीय संस्थाहरुलाई सूचना प्रविधि प्रणालीको अडिट गर्न नयाँ निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकले मंगलबार जारी गरेको निर्देशनअनुसार वित्तीय संस्थाहरुमा संचालनमा रहेका प्रणालीहरुको प्रिभेन्टिभ, डिटेक्टिभ र रेस्पोन्सिभ आईटि सेक्यूरिटी स्ट्राटेजी तयार पार्ने र प्रयोगमा ल्याएको आईटी प्रणाालीहरुको सेक्यूरिटी अडिट गरी देखिएका समस्याहरुलाई तत्काल सम्बोधन गर्न भनेको छ ।

त्यसैगरि सबै बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो वेबसाइट, मोबाइल एप, आधिकारिक सामाजिक संजाल र सूचना प्रविधि प्रणालीमा पनि साइबर अट्याक, मालवेयर भाइरस, र्यान्समवेयर जस्ता जोखिम, बाह्य जोखिम, स्पाम, फिसिंग, स्पूफिंगलगायतका माध्यमबाट वा प्रणालीमा अनधिकृत पहुँच गरी सूचना चुहाव र चोरी तथा आर्थिक चोरीको जोखिम, आधिकारिक सेवाको पहुँच रोक्नेलगायतका जोखिमबाट हुनसक्ने क्षतिलाई न्यूनिकरण गर्न आवश्यक व्यवस्था मिलायन समेत निर्देशन दिएको छ ।

बैंकहरुले प्राविधिक क्षमता सृदृढ गर्ने, सूचना आदान प्रदान गर्दा, भुक्तानी आदेश गर्दा एर्व सेवा प्रवाह गर्दा अबलम्बन गरेका प्रणालीको सत्यता जाँच गरेर मात्र गर्ने व्यवस्था मिलाउनुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

कसैले त्यस्तो प्रणालीको दूरुपयोग गर्ने प्रयास गरेको सन्दर्भमा प्रणालीहरुको आवश्यकताअनुगमनको व्यवस्था गरेर भएका घट्नाहरु र आक्रमणको सूचना सम्बन्धित निकायमा दिने व्यवस्थाको लागि समेत सार्वजनिक सूचना जारी गरेको छ ।

यसबाहेक सूचना प्रविधि आकस्मिक सहायता समूह निर्देशिका, २०७५ अनुसार साइबर सुरक्षा सम्बन्धी घटनामा तत्काल सहायता उपलब्ध हुने व्यवस्था मिलाउनको लागि समेत निर्देशन जारी गरेको छ ।

प्रकाशित: २४ भाद्र २०७६, मंगलवार

Comments are closed.

Loading...