ईकमर्श कम्पनी अलिबाबाका अध्यक्ष तथा चिनियाँ बिलेनियर ज्याक माले आफ्नो पद छोडे

Technology Khabar २४ भाद्र २०७६, मंगलवार

ईकमर्श कम्पनी अलिबाबाका अध्यक्ष तथा चिनियाँ बिलेनियर ज्याक माले आफ्नो पद छोडे

काठमाडौं ।

काठमाडौं । अलिबाबाका अध्यक्ष ज्याक माले ५५ वर्षको उमेरमा मंगलबारदेखि आफ्नो पद हस्तान्तरण गरेका छन् ।

चिनियाँ धनाढ्य तथा ईकमर्श कम्पनी अलिबाबाका संस्थापक तथा हाल अध्यक्ष रहेका ज्याक मा ले आफ्नो सो पद वर्तमान सिईओ ड्यानियल झाँङ्गलाई हस्तान्तरण गरेका हुन् । ज्याकले सो हस्तान्तरणको घोषणा गत वर्ष नै गरेका थिए ।

मा ले अलिबाबाको बोर्डमा आगामी वार्षिक साधारण सभासम्म भने निरन्तरता दिनेछन् । यसबाहेक उनी अलिबाबा पार्टनरसिपको आजिवन सदस्य रहनेछन् । जसमा अलिबाबा ग्रुप कम्पनीहरुको वरिष्ठ व्यवस्थापनका मानिसहरु हुनेछन्, जसले बोर्डमा मनोनित र नियुक्त गर्नेसम्मको अधिकार रहन्छ ।

ज्याक मा ले गत वर्ष नै आफू ५५ वर्षको उमेर पुगेपछि अलिबाबाको सक्रिय कार्यबाट हट्ने घोषणा गरेका थिए । मा ले सन् २०१३ मा नै सिईओको पद छोडेका थिए र जोनाथल लू लाई हस्तान्तरण गरेका थिए भने सन् २०१५ लूले सो पद झाँङ्गलाई छोडेका थिए ।

झाँङ्गले अब अलिबाबाको सिईओ र अध्यक्षको दुबै पद सम्हाल्नुपर्नेछ भने अहिले चीनको ईकमर्श बजारमा देखिएको घट्दो बजारको चुनौती पनि सामना गर्नुपर्ने हुन्छ ।

मा ले आज आफ्नो रिटारमेन्ट दिन छनौट गर्नुको अर्को कारणमा आज चीनमा टिचर्स डे मनाउने गरिन्छ । मा आफैं पनि पूर्व अंग्रेजीका शिक्षक हुन भने उनले अझै आगामी दिनमा फिलान्थ्रोफी बढाउने योजना रहेको बताएका छन् ।

ज्याक मा ले आफ्नो दुई दशकको यात्रामा अलिबाबालाई ४६० बिलियन डलरको व्यवसाय बनाएका छन् । चीनको सबैभन्दा धनी व्यक्ति रहेका उनीसँग मात्रै करिब ४० बिलियन डलर बराबरको सम्पत्ति रहेको छ । एजेन्सी

easy care

प्रकाशित: २४ भाद्र २०७६, मंगलवार