Technology Khabar २४ भाद्र २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । शाओमी एन्ड्रोइड वान–पावर्ड फोनको लाईनअपमा विश्वकै उच्चतम रिजोलुसन क्यामेरा सेटअप भएको नयाँ स्मार्टफोन एमआई ए३ नेपाली बजारमा सार्वजनिक गरेको छ । अघिल्लो एमआई ए२ स्मार्टफोनको सफलता पश्चात यस फोन सार्वजनिक गरिएको हो ।
एमआई ए३ (Xiaomi Mi A3) मा एमआई ए सिरिजको भन्दा डिजाइनमा केहि परिवर्तन गरिएको छ । यस सेगमेन्टकै उत्कृष्ट फोन एमआई ए२ को कार्यात्मक पक्षलाई कायम राखेर एमआई ए३ मा नयाँ डिजाइन समावेश गरिएको छ ।
रु २३९९९ शुरुवाती मुल्य रहेको यस फोनमा क्वालकम स्न्यापड्रेगन ६६५ चिपसेट,एमोलेड सुपर डिसप्ले, ४०३० एमएएच ब्याट्री, ४८ एमपी ट्रीपल क्यामेरा सेटअप र इन–स्क्रिन फिङगरप्रिन्ट स्क्यानर जस्ता विशेषताहरु रहेका छन् । सबै एमआई ए सिरिज स्मार्टफोन जस्तै एमआई ए३ गूगल एन्ड्रोइड वान प्रोजेक्टद्वारा संचालित हुन्छ र यसमा एन्ड्रोइड ९ पाई पनि छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘एमआई ए३ को सार्वजनिकसँगै हामी हाम्रा एमआई फ्यानका लागि अविश्वसनीय विशेषताका साथ अर्को एन्ड्रोइड वान फोन ल्याउन पाउँदा निकै खुसी छौं । यसको थुप्रै नविनतम विशेषताहरुका मध्य एमआई ए३ मा ४८ एमपीयुक्त ट्रिपल क्यामेरा रहेको छ र वान ह्यान्डेड प्रयोगका लागि सुन्दर डिजाइन रहेको छ ।’
जोन गोल्ड, गुगल, पार्टनर प्रोग्रामका निर्देशकले भने, ‘नयाँ एमआई ए३ ले त्यस्तो सफ्टवयरको अनुभव प्रदान गर्दछ जुन अप–टु–डेट छ र प्रयोग गर्न सजिलो छ, यसमा बिल्ट–इन मालवयर प्रोटेक्सन र नियमित सुरक्षा अप्डेटहरु छ जसले प्रयोगकर्ताहरुलाई सुरक्षित राख्दछ।’
फ्ल्यागसीप–लेबल ४८ एमपी एआई ट्रीपल क्यामेरा सेटअप
एन्ड्रोइड वानबाट संचालित प्रत्येक एमआई ए सिरिज उपकरणले स्टीलर क्यामेराको अनुभव प्रदान गर्दछ । एमआई ए३ मा सोनीको ४८ मेगापिक्सेलको आईएमएक्स५८६ IMX586 सेन्सर, ८ एमपी अल्ट्रा वाइड र २ एमपी डेप्थ सेन्सर जस्ता विशेषताहरु रहेको छ । ४८ एमपी ठुलो आधा–इन्च सेन्सरले इमेजको गुणस्तर कायम राखेर अधिकतम विवरण संकलन गर्ने अनुमति प्रदान गर्दछ । क्यामेराको अनुभव अझै बढाउन, एमआई ए३ मा पहिलो पटक एमआई सिरिजमा शाओमीको लोकप्रिय स्टिडी ह्यान्डहेल्ड नाइट फ्रोटोग्राफी मोड राखिएको छ ।
४८ एमपी क्यामेरा बाहेक एमआई ए३ मा ३२ एमपी फ्रन्ट क्यामेरा रहेको छ जुन विश्वकै उच्च मेगापिक्सेल क्यामेरा सेटअपमा गनिन्छ । ३२ एमपी क्यामेरामा सुपर पिक्सेल साइज 1.6μm रहेको छ जसले कम प्रकाशमा पनि क्रिस्प र विस्तृत सेल्फीको अनुमति दिन्छ ।
कन्टेम्प्रोररी डिजाइन
एमआई ए३ मा ए सिरिजको कार्यक्षमतालाई सन्तुलनमा राख्दै नयाँ उच्चस्तरीय डिजाइनलाई मुर्त रुप दिइएको छ । यसमा वान ह्यान्डेड प्रयोग गर्न मिल्ने इर्गोनमिक फर्मका साथ ग्लास स्यान्डवीच डिजाइन जस्ता विशेषता रहेको छ । ६.०८ इन्चको सुपर एमोलेड डिस्प्ले उच्च पावर दक्षताको इमर्सिभ दृश्यको अनुभव प्रदान गर्दछ । ७ जेनेरेसन इन–स्क्रिन फिंगरप्रिन्ट स्क्यानरले १५ प्रतिशत फिंगरप्रिन्ट डिटेक्शन क्षेत्रलाई वृद्धि गरेर अघिल्लो जेनेरेसन भन्दा ३० प्रतिशत बढि प्रभावशाली रहेको छ । ट्रीपल क्र्नीङ गोरिला ग्लास ५ ले एमआई ए३ को फ्रन्ट, रियर र क्यामेरा मुड्युललाई सुरक्षित राख्दछ । यसको कार्यक्षमता न्यानो–लेबल होलोग्राफिक प्याट्रनले पूरक गर्दछ जसले गतिशिल डिजाइन प्रवाह सृजना गर्दछ । यो ३ रंगहरु -काइन्ड अफ ग्रे, नट जस्ट ब्लु र मोर देन ह्वाइट० मा उपलब्ध रहेको छ ।
KryoTMकम्प्यूटिङ पेयर्ड विथ एन्ड्रोइड वान
प्रदर्शन र पावर–दक्षताको उत्तम मिश्रणको विरासतलाई अगाडि बढाउँदै एमआई ए३ मा क्वालकम स्न्यापड्रागन ६६५ मोबाइल प्लाटफर्मलाई एन्ड्रोइड वानसँग जोडिएको छ । अक्टा कोर चिपसेट ६जीबी र्याम र १२८ जीबी स्टोरेजसँग जोडिएको छ जसले स्मुथ र तिव्र प्रयोगकर्ता अनुभव प्रदान गर्दछ । एमआई ए३ मा ४०३० एमएएच ब्याट्रीसहित १८ वाट फास्ट चार्जिंग र १० वाट चार्जर बक्स रहेको छ ।
एमआई ए३ मा गूगलको आविष्कारलाई शाओमीको हाडवेयरसँग जडान गरिएको छ । यो एन्ड्रोइड ९ पाई अपरेटिंग सिस्टममा संचालन हुन्छ र गूगल एसिस्टेन्ट, डिजिटल बेलबिंग र एडाप्टीभ ब्याट्री जस्ता विशेषता छ । एमआई ए३को एन्ड्रोइड यूआईले प्रयोगकर्तालाई स्न्यापी र क्लटर फ्री अनुभव प्रदान गर्दछ र यसमा गुगलबाट २ वर्षसम्मको सेक्युरिटी अपडेटमा ग्यारेन्टी र एन्ड्रोइड ओएस अपग्रेडमा २ वर्षको ग्यारेन्टी रहेको कम्पनीको भनाई छ ।
उपलब्धता
एमआई ए३ तीन प्रकारको रंगमा उपलब्ध हुनेछ– काइन्ड अफ ग्रे, नट जस्ट ब्लु र मोर देन ह्वाइट रहेको छ । ४ जीबी प्लस ६४ जीबी भेरियन्ट रु २३९९९ मा र ६ जीबी प्लस १२८ जीबी भेरियन्ट रु २७९९९ मा सेप्टेम्बर ११ तारिखबाट डराज र सस्तोडिलमा उपलब्ध हुनेछ । यो सम्पूर्ण अफलाइन स्टोरहरुमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रकाशित: २४ भाद्र २०७६, मंगलवार