रियलमीको फाइभजी स्मार्टफोन आगामी वर्ष, क्वालकमको स्न्यापड्रागन ५जी मोबाइल चीप प्रयोग हुने

Technology Khabar २४ भाद्र २०७६, मंगलवार

रियलमीको फाइभजी स्मार्टफोन आगामी वर्ष, क्वालकमको स्न्यापड्रागन ५जी मोबाइल चीप प्रयोग हुने

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीले क्वालकमको नयाँ स्न्यापड्रागन चीपसेटयुक्त नयाँ ५जी फोन ल्याउने भएको छ ।

चीपमेकर क्वालकमले हालै आफ्नो स्न्यापड्रागन ८, ७ र ६ सिरिजमा कम्पनीले हालै ५जी सर्पोटेड चीप ल्याउने घोषणा गरेसँगै रियलमीले पनि ५जी फोन ल्याउने घोषणा गरेको हो ।

क्वालकमले सो इभेन्टमा १२ वटा ब्राण्डहरुले ५जी मोबाइल चीपसेट प्रयोग गर्ने बताएको थियो जसमा रियलमी सहितका ब्राण्डहरुको नाम सार्वजनिक गरेको थियो । रियलमीले भने आफ्नो ५जी फोनको काम यसअघि नै शुरु गरिसकेको बताएको छ ।

रियलमीले आफ्नो ५जी फोनमा नयाँ चीपसेटका साथै क्वालकम एआई इन्जिन र क्वालकम एलाईट गेमिंग फीचर समेत हुने जानकारी दिएको छ ।

कम्पनीले ५जी समयको आउँदो शुरुवातसँगै रियलमी ५जी टेक्नोलोजीजमा हुने विश्वव्यापी विकासमा योगदान दिन प्रतिबद्ध रहेको बताएको छ ।

यसअघि नै रियलमीका इण्डिया सिईओ माधव सेठले फाइभजी स्मार्टफोन यो वर्ष नै ल्याउने योजना सार्वजनिक गरेका थिए । भारतमा टेलिकम कम्पनीहरुले ५जी नेटवर्क बिस्तार गर्नुभन्दा पहिले नै रियलमीले ५जी फोन ल्याउनसक्ने बताईएको छ । एजेन्सी

easy care

प्रकाशित: २४ भाद्र २०७६, मंगलवार