फक्सवागनको पहिलो इलेक्ट्रिक भेहिकल आईडी डट ३ सार्वजनिक, ब्राण्ड लोगो पनि परिवर्तन

Technology Khabar २४ भाद्र २०७६, मंगलवार

फक्सवागनको पहिलो इलेक्ट्रिक भेहिकल आईडी डट ३ सार्वजनिक, ब्राण्ड लोगो पनि परिवर्तन

काठमाडौं । जर्मन कार कम्पनी फक्सवागनले आफ्नो पहिलो इलेक्ट्रिक भेहिकल आईडी ३ (ID.3) सार्वजनिक गरेको हो ।

कम्पनीले अल इलेक्ट्रिक भेहिकलको रुपमा पहिलो पटक विद्युतबाट चल्ने गाडि हालै जर्मनीमा शुरु हुन लागेको आईएए इन्टरनेशनल मोटर शोको अवसर पारेर सार्वजनिक गरेको हो । योसँग कम्पनीले सन् २०२५ सम्ममा वार्षिक १० लाख इलेक्ट्रिक भेहिकल बिक्री गर्ने लक्ष्य लिएको छ ।

कम्पनीलाई यसअघि डिजेल गाडिमा कार्बन उत्सर्जनको घट्नामा ठगेको आरोप लागेको थियो ।

हाल सार्वजनिक भएको आईडी डट थ्री एउटा कम्प्याक्ट ह्याचब्याक इलेक्ट्रिक भेहिकल हो । यो कारको फ्रन्ट हेर्दा हासिँरहेको फेस भएको डिजाइनमा देख्न सकिन्छ, जसमा यसको हेडलाइटलाई आँखाको आकारमा हेर्न सकिन्छ ।

यसको ब्रेक तथा ग्यास पेडलहरु पनि एमपीथ्री प्लेयरको जस्तै पज र प्ले आईकोनहरुका साथमा रहेकोछ । यसको हेडलाइट इन्टरएक्टिभ एलईडीयुक्त रहेको छ, जसले पार्कमा रहेको बेला ड्राइभर नजिक जाँदा संकेत गर्दछ । यो गाडि फक्सवागन गल्फको साइज जत्रै रहेको छ भने यसमा कम्पनीले नयाँ ब्राण्ड लोगो पनि राखेको छ ।

फक्सवागनले यो गाडि चलाउनु आरामदायक हुनुका साथै रमाईलो समेत हुने बताएको छ ।

फक्सवागनको पहिलो इलेक्ट्रिक भेहिकल आईडी डट थ्रीको स्पेल एडिसन भर्सनमा ५८ किलोवाट ब्याट्री प्याक रहेको छ जसले एक चार्जमा ४२० किलोमिटरको यात्रा गर्दछ । यो फरक तीन भेरिएन्टहरुमा आउँछ जसको स्पेशल एडिसनको मूल्य ४० हजार यूरो तोकिएको छ भने बेस कारको मूल्य ३० हजार यूरोभन्दा कम हुने बताईएको छ ।

यसमा फास्ट चार्जिंग क्षमता रहेको छ जसले केबल ३० मिनेटको चार्जमा नै १८० माईलको यात्रा गर्न सकिन्छ । स्पेशल एडिसन खरिदकर्ताले यो गाडि किन्दा एक वर्षसम्म २,००० किलोवाटसम्मको चार्ज निशुल्क गर्न सकिने अफर पाउनेछन् । यो अफर वीचार्ज भएका स्टेशनहरुमा मात्र लागू हुनेछ ।

फक्सवागनले यूरोपभरी सन् २०२० सम्ममा ४०० वटा अल्ट्रा फास्ट चार्जिंग स्टेशनहरु बनाउने बताएको छ ।

कम्पनीकाअनुसार अहिलेसम्म ३० हजार स्पेशल एडिसन आईडी डट थ्री इलेक्ट्रिक भेहिकलको बुकिंग भईसकेको बताएको छ । पहिलो आईडी डट थ्री इलेक्ट्रिक भेहिकल सन् २०२० को स्प्रींगमा जर्मनीमा उपलब्ध गराउने योजना लिएको छ ।

यसबाहेक कम्पनीले आईडी डट थ्रीको थप २ नयाँ भेरिएन्ट पनि ल्याउने तयारी गरेको छ । जसमा एउटा ४५ किलोवाट आवर ब्याट्री प्याकको हुनेछ भने अको ७७ किलोवाट आवर प्याकमा हुनेछ ।

यसमा १० इन्चको टच डिस्प्ले राखिएको छ जसमा कल्डआईडी फिचर रहेको छ । त्यसैगरि पार्क डिस्ट्यान्स कन्ट्रोल फीचर, की लेस एक्सेस सिस्टम, इमर्जेन्सि ब्रेकिंग सिस्टम, मल्टि कोलिजन ब्रेक फचर, लेन किपिंग र लेन चेन्ज सिस्टम लगायतका फीचर रहेका छन् । एजेन्सी

प्रकाशित: २४ भाद्र २०७६, मंगलवार

Comments are closed.

Loading...